
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको आज अन्तिम सुनुवाइ हुँदैछ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा सुनुवाई हुन लागेको हो ।
यसअघि चैत २६ गते शंकरराज बरालको इजलासले उक्त मुद्दामा दुई जना साक्षीको बकपत्र नभएकाले साक्षी बुझ्न आदेश दिएको थियो। गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो ।
सन्दिपले गएको भाद्र ६ गते काठमाडौँको एक होटलमा बलात्कार गरेको भन्दै भाद्र २१ गते प्रहरी समक्ष एक नाबालीकाले उजुरी दिएकी थिइन् ।
त्यसपछि असोज २० गते उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए । पुस २८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो ।
उनले विदेश जान पाउँ भन्दै सर्वोच्च्मा दिएको निवेदनमा उनलाई विदेश जान पाउने गरी सशर्त केही खुकुलो पारेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij