२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

सन्दर्भः असार १५ः ‘धान दिवस र यसको महत्व’

सन्दर्भः असार १५ः ‘धान दिवस र यसको महत्व’

प्रल्हाद दाहाल
महासचिव, नेपाल डेरी एसोसिएशन

नेपालमा असार १५ लाई महत्वपूर्ण दिनको रुपमा लिइने गरिन्छ । यो दिन परापुर्वकालदेखि नै दहि चिउरा खाने र मानो रोपेर मुरी फलाउने दिनको सुरुवाती दिनको रुपमा लिईन्छ । यस दिनलाई विगत १७ वर्षदेखि धान दिवसको रुपमा पनि मनाउने गरिएको छ । त्यसै अनुसार यस वर्ष “धान उत्पादनमा वृद्घि, आत्मनिर्भतामा र समृद्घि” भन्ने मूल नाराका साथ विविध कार्यक्रम गरि १७ औं राष्ट्रिय धान दिवस मनाइयो । सन् २००४ मा संयुक्त राष्ट्रिय संघले अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर धान दिवस मनाउने प्रचलन चलेको हो ।

नेपाली संस्कृति अनुसार असार १५ मा दहि चिउरा खाने प्रचलन छ । यो दिन अधिकांश नेपालीले दहि चिउरा खान्छन् । दहिको महत्व धेरै छ । यो दिन अरु दिनको तुलनामा तेब्बर दहि खपत हुन्छ र यसका लागि डेरी व्यवसायीहरुले एक हप्तादेखि दहिको जोहो गरेर राख्दछन् । अघि पछि कहिल्यै दहि नखानेले पनि यस दिन दहि खाने गर्दछन् । दहि नपाइएला भनेर ग्राहकहरु अघिल्लै दिनदेखि दहि खरिद गरेर राख्ने गर्दछन् । यस दिन बेलुकापख डेरी पसलहरुमा दहि नपुग हुन्छ ।

यस दिन मानिसहरु दहि चिउरामा केरा र आँप पनि मिसाएर खाने गर्दछन् । यस दिन गाउँ गाउँमा पनि सबैले घर घरमा दहि जमाएर राख्ने र शहरी क्षेत्रमा पनि अघिल्लो दिन नै दुध किनेर दहि आफैं जमाएर भोलिपल्ट दहि चिउरा खाने चलन पनि उत्तिकै छ । आजभोलि यस दिनमा राष्ट्रिय स्तरका कार्यक्रमहरु गरेर पनि यसको महत्व बढाएको छ । पोखरामा प्रत्येक वर्ष पर्यटकका लागि रोपाइं महोत्सव भनेर विगत १५ वर्षदेखि माउँदै आएको छ । यसले गर्दा आन्तरिक र बाह्य पर्यटकहरुको संख्या पनि बढ्ने गरेको छ ।

आजभोलि विद्यालयका विद्याथीहरुलाई पनि दहि चिउरा खुवाउने र रोपाईंमा सहभागी गराउने गरिएको छ । यो राम्रो पक्ष पनि हो । पहिले पहिले बाजा बजाएर नाचगान गर्दै रोपाईं गर्ने चलन थियो । त्यस्तो चलनलाई बेथि लगाउने भन्दथे । त्यस्तो चलन धेरै खेती हुने जमिन्दारहरुकोमा हुने गर्दथ्यो । तर यसले निरन्तरता नपाउने हो भने यो देखावटी मात्र भई उपलब्धि विहिन हुनसक्छ । त्यसैले हाम्रो कृषि प्रधान देशमा यसको महत्व धेरै छ ।

हाम्रो देशमा धानको तथ्याङ्क निम्नानुसार पाईन्छ ।
 आ.व. २०७६÷०७७ मा धान उत्पादन ५५ लाख ५० हजार मेट्रिक टन
 आ.व. २०७५÷०७६ मा धान उत्पादन ५६ लाख १० हजार मेट्रिक टन
 आ.व. २०७४÷०७५ मा धान उत्पादन ५१ लाख ५१ हजार मेट्रिक टन
 आ.व. २०७३÷०७४ मा धान उत्पादन ५२ लाख ३० हजार मेट्रिक टन
 नेपालको कुल जनसंख्यालाई पुग्न वार्षिक ३९ लाख ९९ हजार ६२२ मेट्रिक टन चामल आवश्यक पर्छ । सरकारले ५ वर्ष भित्र कृषि उत्पादनलाई दोब्बर बनाउने लक्ष्य छ ।
 धान उत्पादन वृृहत कार्यक्रम १५ जिल्लामा छ ।
 झापा जिल्लालाई धानको सुपर जोनको घोषणा गरिएको छ ।
 धानको उत्पादन प्रति हेक्टर ३.१ मेट्रिक टनबाट वृद्घि गरि ४ मेट्रिक टन पुर्याउने लक्ष्य ।
 कुल ग्राहस्थ उत्पादनमा २० % योगदान धानको छ ।
 चैते धानको उत्पादन ७ % मात्र छ ।
 नेपालमा समुद्र सतहबाट ६० मिटरदेखि ३०५० मिटर सम्मको उचाईमा धान खेती हुन्छ ।
 कुल ११८ जातका धान नेपालमा पाईन्छ ।
(तथ्यांक संकलन गोरखापत्रबाट)

हामीले कतिपल्ट धान दिवस मनाइयो भन्ने कुरा त्यो ठुलो वा महत्वपूर्ण नहुन सक्छ । तर उपलब्धि के पाइयो भन्ने कुराले ठुलो महत्व राख्दछ । अहिले हामी यत्रो सम्भावना बोकेको क्षेत्रमा पनि आयात गर्दैछौं । यो दुःखद कुरा हो । अब यस्ता दिवस मनाउनका लागि मात्र मनाउने नभएर परिणाममुखी हुनुपर्यो । दैनिक सयौं युवा विदेशीने अनि हामी देखावटी यस्ता कार्यक्रम गरिरहने यसको कुनै अर्थ रहन्न । अब विदेशीएका युवालाई स्वदेशमा कसरी आकर्षीत गर्ने र विदेश जान कसरी रोक्ने त्यो कुरा तिर हामी लाग्न आवश्यक छ । अर्को कुरा करीव ८० % माग दुग्ध क्षेत्रको स्वदेशी उत्पादनले धानिसकेको अवस्थामा हामी कसरी आधुनिकतामा जाने र अन्तर्राष्ट्रिय बजारसँग कसरी प्रतिस्पर्धा गर्ने भन्ने तिर अब लाग्न आवश्यक भैसक्यो । त्यसैले हामी सबैजना नेपाल कृषि प्रधान देश हो भनी जुन नाम छ त्यो नामलाई बचाउन लागौं सबैलाई यस वर्षको असार १५ गतेले यहि शक्ति प्रदान गरोस् । शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij