२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सत्य निरुपणसम्बन्धी ऐन संशोधन विधेयक संसदमा दर्ता

सत्य निरुपणसम्बन्धी ऐन संशोधन विधेयक संसदमा दर्ता

 

काठमाडौँ – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेको छ।

सरकारले बिहीबार ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ लाई संघीय संसद सचिवालयमा दर्ता गरेको हो।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले सो विधेयक संसद सचिवालयमा बिहीबार दर्ता गरेको जानकारी दिए। उनले सो विधेयक संक्रमणकालीन न्यायलाई व्यवस्थापन गर्नका लागि बनेको बताए।

मन्त्रिपरिषद्को आजको बैठकले विधेयकलाई संसदमा दर्ता गर्ने निर्णय गरेको थियो। सहायक प्रवक्ता धमलाले विधेयक दुई दिनभित्रमा प्रतिनिधिसभाका सबै सदस्यहरुलाई वितरण हुने जानकारी गराए। उनले विधेयक दर्ता भएको पाँच दिनपछि बस्ने जुनकुनै संसद बैठकमा पेस हुने उल्लेख गरे।

सचिवालयमा दर्ता भएको विधेयक संसदमा अगाडि बढाउने विषय राजनीतिक विषय भएको उल्लेख गर्दै उनले सभामुखले राजनीतिक दलहरुसँग छलफल गरी आगामी दिनमा प्रतिनिधि सभाको बैठकमा पेस हुने बताए।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij