२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

सगरमाथा आधार शिविरसम्म केबलकार

सगरमाथा आधार शिविरसम्म केबलकार

प्रदेश १  सरकारले सगरमाथाको वेसक्याम्प सम्म केबलकार चलाउने योजना अघि सारेको छ । प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले आइतबार प्रदेशसभामा पेश गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा फाप्लुबाट लुक्ला, नाम्चे हुँदै आधार शिविर सम्म केवलकार चलाउन सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ ।

यस्तै फुङ्गलिङ्ग-पाथिभरा, धरान-भेडेटार, जयरामघाट-हलेसी, वराहक्षेत्र-सूूर्यकुण्ड, वाह्रविसे-सभापोखरी, केरावारी-जेफाले र अन्तुडाँडा- मंगलवारे लगायतका स्थानमा पनि केबलकार चलाउन सम्भाव्यता अध्ययन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश सरकारले चतरा सुनकोशी जलमार्ग संचालनको संभाव्यता अध्ययन गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij