२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

संसद विघटनविरुद्ध कानूनी उपचार खोज्न विपक्षी दलहरुकाे छलफल जारी

संसद विघटनविरुद्ध कानूनी उपचार खोज्न विपक्षी दलहरुकाे छलफल जारी

काठमाडौं । नेकपा एमालेको माधव नेपालसहित विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई सहभागी छन् ।

संसद विघटन गरेर चुनावको मिति घोषणा भएको सन्दर्भमा कसरी अगाडि बढ्ने भनेर छलफल गर्न नेताहरु बैठक बसेका हुन् । विपक्षी गठबन्धनले संसद विघटनको विरोध गर्दै त्यसको कानुनी उपचार खोज्ने तयारी गरेको छ ।

यसअघि शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले संसद विघटनको विरोधमा कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij