काठमाडौं, ५ चैतः संसदीय समितिमा विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सुरु भएको छ ।आजबाट प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकको छलफल अघि बढाइएको हो ।
सातवटा प्रदेश, विज्ञ, सरोकारवाला निकायहरू तथा सांसदहरूबाट प्राप्त सुझाव र संशोधनलाई समेट्दै छलफल अघि बढाइएको छ ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षकहरू आन्दोलनरत छन् । यो विधेयक २०८० सालको भदौ २७ गते संसदमा दर्ता गरिएको थियो । यस विधेयकमाथि १ हजार ७ सय ५८ बुँदामा संशोधन दर्ता भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij