बर्दियाको बारबर्दिया—९ सतखलुवा ताल संरक्षण समितिका अध्यक्ष माथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ताल संरक्षण समितिका अध्यक्ष एंव संरक्षणकर्मी सुनिल चापागाई र सतखलुवा होमस्टेका अध्यक्ष सुर्य प्रसाद आचार्य माथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
अध्यक्ष चापागाई र आचार्य माथि आक्रमण गर्ने चन्कु थारु, वीर कुमार चौधरी र बाबुराम चौधरीलाई पक्राउ गरी सार्वजनिक मुद्दा दायर गरिएको ईलाका प्रहरी कार्यालय, बासगढीका प्रहरी निरीक्षक चक्र डम्बर पालले बताउनुभयो ।
आक्रमणमा संलग्न सोही स्थानकी राम प्यारी चौधरी फरार रहेको पालले बताउनुभयो । सतखलुवा ताल जाने सडकमा रहेको फोहोर राख्ने रिङ्ग तोडफोड गरेको विषयमा पक्राउ परेपछि उनीहरुले अध्यक्षद्धय चापागाई र आचार्य माथि आक्रमण गरेका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij