
श्री एयरलाइन्सको आइतबार सबै उडान स्थगित भएको छ ।
शनिबार काठमाडौं -धनगढी उडान क्रममा जहाजमा प्राविधिक समस्या आएपछि आइतबार कम्पनीले आफ्नो सबै उडान बन्द गर्ने निर्णय गरेको हो।
कम्पनीलेका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिवार जारी गरेको प्रेस नोट अनुसार आइतबारका सबै उडान स्थगित गरिएको छ ।
सोमवारदेखि भने सबै उडान नियमित रूपमा सञ्चालन हुनेछन् । कम्पनीले आफ्नो ९ वटै जहाजको प्राविधिक निरीक्षण गर्ने भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij