२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

शेरबहादुर देउवाविरुद्ध – नेविसंघको नाराबाजी

शेरबहादुर देउवाविरुद्ध – नेविसंघको नाराबाजी

दिपक घिमिरे नुवाकोट । नेपाल विद्यार्थी संघ काठमाडौं जिल्लाको आयोजना र केन्द्रीय समितिको समन्वयमा शुक्रबार दिउँसो राजधानीमा विरोध प्रदर्शन गरेको छ। प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडिबाट सुरु भएको जुलुस रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसमा नेविसंघ नेताहरु महामन्त्री कुन्दन काफ्ले ,मनोज मणि आचार्यले नेतृत्व गरेका थिए भने बिरोध सभामा नेबि सघ महामन्त्री कुन्दन राज काफ्ले ,उपाध्यक्ष रामप्रसाद अधिकारी,नवीन राई ,नेता दीपक भट्टराई ,डुजाङ शेर्पा काठमाडौं सभापति मनोज बैध्य लगायतले सम्बोधन गरेको थिए  ।

कांग्रेस र नेविसंघको झण्डासहित ठूलो संख्यामा उपस्थित कार्यकर्ताहरुले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ बनाउनुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने, द्वन्दकालीन मुद्दामा थुनामा रहेका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिन नहुने लगायतका सन्देश लेखिएका ब्यानर बोकेका थिए ।

आफ्नै पार्टी सभापति र वर्तमान नेकपा नेतृत्वको सरकारविरुद्ध सडकमा उत्रिएका नेविसंघका केही कार्यकर्ताहरुले विरोधको प्रतिकात्मक स्वरुप पूरै शरीर ढाकिने कालो कपडा  लगाएको नेबि सघ नेता निरन्जन थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij