२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

शिक्षा क्षेत्र कसरी बन्न सक्छ व्यवस्थित ? प्रिन्सिपल गाेपाल बुढाथाेकीकाे धारणा

शिक्षा क्षेत्र कसरी बन्न सक्छ व्यवस्थित ? प्रिन्सिपल गाेपाल बुढाथाेकीकाे धारणा

गाेपाल बुढाथाेकी, प्रिन्सिपल, लालिगुराँस नेसनल एकेडेमी

शिक्षा क्षेत्रलाई व्यवस्थित गर्नको निम्ति सबैभन्दा महत्वपूर्ण कुरा हाम्रा नीतिनियमहरु नै हुन् । अहिले पनि शिक्षाका ऐननियमहरु पुरानै अवस्थामा छन् । स्थानीय तहलाई नै शिक्षाको जिम्मेवारी प्राप्त भएपनि निश्चित आकार दिन नसक्दा हाल कार्यविधिको आधारमा नै काम चलाइएको अवस्था छ । यसलाई यथाशिघ्र सम्पन्न गर्नुपर्ने आवश्यकता छ । अहिले नेपालमा शिक्षा क्षेत्र सङ्क्रमणमा रहेको कारण केही समस्याहरु देखिएका छन् ।
स्थानीय तहलाई शिक्षाको अधिकार प्रदान गरिसके पश्चात् यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने कुरा निकै महत्वपूर्ण कुरा हो । तर अहिलेको अवस्थामा भने नेपालमा शिक्षा क्षेत्र अब कसरी अघी बढ्छ भन्ने सम्बन्धमा स्पष्ट व्यवस्था हुन नसकेको कारण हामी विद्यालय सञ्चालकहरु समेत शशंकित हुनुपरेको अवस्था छ ।

शिक्षा सेवामूलक क्षेत्र भएको कारण शिक्षा प्रदान गर्ने क्रममा राज्यले तोकेको शुल्क भित्र रही सोही बमोजिम आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएका विद्यालयहरुको अवस्था सम्बोधन हुने किसिमले कार्यक्रमहरु सञ्चालन गरिनु जरुरी छ ।
जुन व्यावसायिक रुपमा आयआर्जन अर्थात मुनाफाको मात्रै उद्धेश्यले स्थापना भएका विद्यालयहरु छन्, ती विद्यालयहरुसँग सबैलाई दाँजेर नीतिनियम बनाउनुहुँदैन । बढी शुल्क लिएका विद्यालयहरुलाई व्यवस्थित गर्नुपर्छ । साथै राज्यको नीतिभित्र रहेर सञ्चालनमा रहेका विद्यालयहरुलाई अप्ठ्यारो पार्नुहुँदैन ।

नेपालमा शिक्षा क्षेत्रमा लामो समय देखि सङ्क्रमणको प्रभावमा पर्दै आएको छ । यहाँका हरेक गतिविधिहरु राजनीतिबाट प्रभावित हुने गरेका छन् । राजनीति आफैं स्थिर बन्न नसकेको कारण नेपालको शिक्षा सम्बन्धी नीतिहरु बन्नुपर्ने कुरा, यसको कार्यान्वयन लगायतमा पनि असर परेको छ ।
अहिले नेपालमा दक्ष जनशक्ति उपलब्ध छैन । नेपालका युवाहरुको ब्रेन ड्रेन भएको छ । नेपालका युवाहरु विदेश पलायन भएका छन् । निजी क्षेत्र नेपालमा नै जनशक्ति जोगाउन प्रयाश गर्दागर्दै पनि सफल हुन सकेको छैन । यद्यपि निजी क्षेत्रबाट भएको पहललाई सकारात्मक रुपमा नै लिनुपर्छ । आफूसँग भएको स्रोत र साधनको आधारमा उनीहरुलाई क्षमतावान् बनाउनको निम्ति निजी क्षेत्रबाट विशेष पहल भएको छ ।

कस्तो विद्यालय हो लालिगुराँस नेशनल स्कुल ?
वि.सं २०६५ मा २८ जना विद्यार्थीबाट स्थापना भएको लालिगुराँस नेशनल एकेडेमी लामो यात्राको क्रममा विभिन्न आरोहअवरोहहरु पार गर्दै अहिलेको अवस्थामा आएको हाे । हाल यस विद्यालयमा हाल १३ सय विद्यार्थीहरु अध्ययनरत छन् ।
स्थानीय सरोकारवालाहरु, उपभोक्ता समूह, युवा समाज लगायतको समेत सहकार्यमा आफ्ना गतिविधिहरु विद्यालयले अघी बढाएको कारण नै विद्यालय यो अवस्थामा आउन सफल भएको हो । विगतमा समेत शिक्षा क्षेत्रमा नै संलग्न व्यक्तिहरुको टिम, निश्चित योजना र उद्धेश्य तथा दिगो सोचको कारण विद्यालय अहिलेकोे अवस्थामा आउन सकेको विद्यालयका प्रिन्सिपल गोपाल बुढाथोकी बताउनुहुन्छ । ऊहाँ भन्नुहुन्छ, ‘हामीहरु जुन उद्धेश्यको साथ अघी बढेको थियौं, त्यस किसिमले सफलताको यात्रामा छौं ।’

शुरुका ३-४ बर्ष निकै कठिन यात्रामा रहेपनि पछि भने सहज रुपमा विद्यालयको यात्रा अघी बढेको छ । हाल यो विद्यालय तारकेश्वरको मनमैजु क्षेत्रमा एक प्रतिष्ठित विद्यालयको रुपमा स्थापित छ । आफूहरुले एकेडेमिक र एक्ट्रा करिकुलम एक्टिभिटिजहरुलाई सँगै अघी बढाएको कारण यो सफलता मिलेको प्रिन्सिपल बुढाथोकीले बताउनुभयो । सिकाइको निम्ति विद्यार्थीमा शिक्षा प्रति अभिरुचि जगाउनु पनि आवश्यक रहेको र यसबाट नै शिक्षालाई प्रभावकारी बनाउन सकिने उहाँको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij