
काठमाडौं । सूचक प्रकाशनले वरिष्ठ समाजसेवी तथा शिक्षासेवी हेमन्तकुमार कार्कीलाई सम्मान गरेको छ । बिहीबार काठमाडौंमा सूचक प्रकाशनको १५ औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार तथा सूचक सम्मान समर्पण कार्यक्रममा समाजसेवी कार्कीलाई सम्मान गरिएको हो ।
कार्की विकास क्लव बालकोटको २०३६ सालदेखि नै संस्थापक सदस्य भएर कार्य गरिरहेका छन् । २०३२ बाट जागिरे जीवन सुरु गर्नुभएका हेमन्तले छापाखाना (अहिलेको मुद्रण विभाग), रेडियो नेपाल, हुलाक कार्यालयमा सेवा पु¥याएर सेवा निवृत्त भएका हुन ।
महेन्द्र शान्ति मा।वि।का पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका हेमन्तले आफ्नै कार्यकालमा ११ र १२ कक्षा सञ्चालनमा ल्याएका थिए । सोही ११ र १२ कक्षा सञ्चालनको सहजताका लागि त्यही पढ्ने बालबालिकाहरुलाई ५ लाखको अक्षयकोष स्थापना गरेर ११ र १२ मा पढ्ने विद्यार्थीहरु मध्येबाट वर्षमा दुई जनालाई पूर्ण छात्रबृत्ति अध्ययन गर्ने व्यवस्था गरेका छन्।
धादिङ सहयोग समूहमा समेत आवद्ध रहनुभएका हेमन्तले धादिङका सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाहरुलाई विद्यालय पोशाक, शैक्षिक सामग्रीहरु उपलब्ध गराउँदै आएका छन् । त्यस्तै चितवनको देवघाटधाममा रहेको गुरुकुल आश्रममा संस्कृत पढ्ने बालबालिकाहरु मध्येबाट एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै सम्पूर्ण खर्च व्यहोर्दै आएका कार्कीले विभिन्न संस्थाहरुबाट आफूले प्राप्त गरेका पुरस्कारहरुको रकम पनि विद्यार्थीहरुकै पोशाक, शैक्षिक सामग्रीमा खर्च गर्छन ।
कार्यक्रममा समाजसेवी कार्कीसहित साहित्यकार इल्या भट्टराई, नेत्र अनुसन्धान विज्ञ डा. सिद्धार्थ रन्जित, पत्रकार राजेश खनाल, साहित्यकारहरु लिलादेवी श्रेष्ठ, रेणुका सोलु, गीता कार्की, ज्ञानु अधिकारी र वसन्त नकर्मी गरेर दश जना सम्मानित भएका हुन् ।
सूचक प्रकासनका अध्यक्ष भेटवालले पछिल्लो समयमा सात्यिलाई मनोरन्जनका रुपमा मात्रै नभएर साहित्यलाई व्यवसायीकरुपमा विकास भएकोमा आफूहरुलाई हौशला मिलेको धारणा राखे । सो सम्मान समारोहमा कवि सपना लामिछाने क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कारले सम्मानित भइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले कला र साहित्यलाई जगेर्न गर्ने प्रयास गरेकोमा आयोजकलाई धन्यबाद दिए । कुलपति राईले नेपाल जस्तो पितृसत्तात्मक मुलुकमा सूचक प्रकासनले अत्याधिक महिला श्रष्ठाहरुलाई सम्मानित गरेर अनुकरणिय कार्य गरेको पनि बताए ।
कार्यक्रमको सभाअध्यक्षता सूचक प्रकाशनका आजिवन सदस्य साहित्यकार हिरण्यकुमारी पाठकले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन् कवि एवं गजलकार प्रकाश समीर गरेका थिए । कार्यक्रममा शिक्षाविद एवं समाजसेवी केदारनाथ श्रेष्ठ, बौद्ध उपासक एवं समाजसेवी पन्चविरसिंह तुलाधर,सूचक प्रकाशनका संरक्षक समाजसेवी कृष्ण बहादुर श्रेष्ठ, महिलाहरुको साहित्यिक संस्था गुन्जनको अध्यक्ष एवं साहित्यकार जलेश्वरी श्रेष्ठलगायत अतिथिका रुपमा रहेका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij