राजन गैरे, प्रमुख कार्यकारी अधिकृत, नेपाल एग्रो लाइभ प्रा .लि
नेपालमा आह्वान गरिएको लकडाउनले हाम्रो जनजीवन अझै सामान्य बन्न सकेको छैन । यस्तो अवस्थामा हामी अधिकांशको दिनचर्या समेत अल्छी र दिक्कलाग्दो बनेको छ । आर्थिक अवस्था समेत कमजोर बनेको छ ।
यस्तो अवस्थामा हामीले कसरी आफूलाई व्यस्त पनि बनाउन सकिने र केही आर्थिक उपार्जन वा जीविकोपार्जनका क्रियाकलापमा सहभागि हुन सकिन्छ भन्ने कुरा धेरै मानिसहरुमा कौतुहलताको रुपमा रहिरहेको छ । यस्तो अवस्थामा काठमाडौंमा आफ्नो घर भएकाहरुको लागि कौशी खेतीमा लकडाउनको समय सदुपयोग गर्न र स्वस्थ जीवन जिउनको लागि नयाँ अवसर बन्न सक्ने अवस्था छ ।

कौशी खेती किन ?
आफ्नो घरकै कौशीमा नै विभिन्न भेराइटीका तरकारहरु रोप्न सकिने र आफ्नो आवश्यकता पुर्ति गर्नको लागि यो एउटा उपयुक्त विकल्प हुन सक्छ ।
घरमा नै उत्पादन गरिएका तरकारीहरु भान्सामा प्रयोग गर्न सकिने र यसबाट हाम्रो आर्थिक बचत हुनेछ । साथै हामी आफैंले रोपेका स्वच्छ उत्पादन भान्सामा प्रयोग गर्न सक्छौं । यद्यपि कौशीखेती पनि एक उपयुक्त विकल्प बन्न सक्ने बारे अझै ठूलो शहरी समुदाय अनविज्ञ नै छ ।
कौशी खेतीको विशेष योजनामा नेपाल एग्रो लाइभ
उपभोक्ताको स्वास्थ्य र खाद्य आवश्यकतालाई दृष्टिगत गर्दै नेपाल एग्रो लाइभले लकडाउन अवधिमा पनि कौशी खेती बारे व्यक्तिगत एवं समुदायस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल यस संस्थाले कौशी खेती बारे सामान्य जानकारी उपलब्ध गराउने, यसका फाइदा एवं कौशी खेतीको तयारी, प्राविधिक सहयोग, लागत अनुमान लगायत कुराहरुमा एकद्वार सेवा प्रदान गर्दै आएको छ । यस कम्पनीले लामो समयको विशेष अध्ययन पश्चात् प्रतिघर ५० गमला कौशी खेती गर्न सकिने नयाँ प्याकेज सहित कौशी खेती कार्यक्रमलाई व्यापक रुपमा सञ्चालन गर्दै आइरहेको छ ।
कौशीखेतीमा कस्ता बाली उत्पादन गर्न सकिन्छ ?
मौसम अनुसारका विभिन्न प्रजातिका तरकारी खेती कौशी खेतीको माध्यमबाट गर्न उपयुक्त हुन्छ । जस अन्तरगत सागपात, विभिन्न लहरेबाली, टमाटर लगायतका तरकारी खेती उत्पादन गर्न सकिन्छ ।
नयाँ योजना सहित उत्पादन अभिवृद्धि कार्यमा संलग्न यस कम्पनीले लकडाउन अवधिमा नै उपत्यका भित्र करिब ५० भन्दा बढी घरमा यस्तो कौशीखेती सेवा उपलब्ध गराइसकेको छ । यसरी प्याकेजमा खेती गर्दा १० देखि १५ प्रजातिका बालिहरु रोप्न सकिने कृषि प्रविधि विज्ञ राजन गैरे बताउनुहुन्छ । विशेष प्याकेजमा गरिएको कौशी खेतीले एउटा परिवारको लागि प्रयाप्त तरकारी उत्पादन गर्न सकिन्छ ।
फाइदाहरु
आफ्नो घरमा नै प्राङ्गारिक विधिबाट उत्पादन गरिने यस्ता तरकारी खेतीबाट आर्थिक र मानसिक भार कम गराउन सहयोग पुग्ने राजन गैरेको धारणा छ । आफ्नै घरमा खेती गर्दा कोरोना संक्रमणबाट बच्न समेत सघाउ पुग्छ । घरको भान्सामा आवश्यक सबै तरकारी उत्पादन गर्न सकिने र उक्त तरकारीमा प्रयोग गरिने मल समेत मल अर्गानिक हुने भएकोले स्वास्थ्यमा साइड इफेक्ट गर्दैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij