२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

व्याजदरको सीमा उल्लंघन गर्ने बैंकका सीईओलाई राष्ट्र बैंकले कारवाही गर्ने, यस्ताे छ नयाँ व्यवस्था

व्याजदरको सीमा उल्लंघन गर्ने बैंकका सीईओलाई राष्ट्र बैंकले कारवाही गर्ने, यस्ताे छ नयाँ व्यवस्था

काठमाडौं । व्याजदरको सीमा अन्तर उल्लंघन गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालकलाई कारवाही गर्ने बताएको छ ।

आज राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि एक परिपत्र जारी गर्दै सो व्यवस्था गरेको हो । राष्ट्र बैंकले जारी गरेको परिपत्रमा भनिएको छ,‘ कुनै महिनामा ब्याजदर अन्तरको सीमा नाघेमा सोही त्रयमास सम्ममा सीमाभित्र ल्याउनु पर्नेछ । ब्याजदर अन्तरको सीमा उल्लङ्घन गर्ने संस्थाको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार कारवाही गरिनेछ ।’

यस्तै, बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम बुझाउन नसकेको कारणले २०७७ पुस मसान्तसम्म कर्जा पुनरसंरचना÷पुनरतालिकिकरण गर्न असमर्थ ऋणीहरुबाट शर्तहरुको अधिनमा रहि बुझाउनु पर्ने ब्याजको ५ प्रतिशत रकम असूल उपर गरी २०७८ असार मसान्तभित्र कर्जाको पुनरसंरचनापुनर्तालिकीकरण गर्न उपर्युक्त व्यवस्थाले बाधा पुगेको नमानिने पनि राष्ट्र बैंकले व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले संस्थतागत सामाजिक सुरक्षा कोषबाट हुने खर्चको बढिमा ५ प्रतिशतसम्म विद्युतीय कारोबार प्रवद्र्धनका लागि गर्नु पर्ने व्यवस्था पनि गरेको छ भने “इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकले स्वीकार गर्ने स्वदेशी मुद्राको कल निक्षेपको अंश कुल स्वदेशीे निक्षेप दायित्वको १० प्रतिशत र इजाजतपत्रप्राप्त “ख” तथा “ग” वर्गका वित्तीय संस्थाहरुले स्वीकार गर्ने कल निक्षेपको अंश कुल निक्षेप दायित्वको १५ प्रतिशतभन्दा बढी कायम गर्न नपाइने व्यवस्था पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij