विष्णु दुलाल, महासचिव, ग्यास विक्रेता महासंघ नेपाल
ग्यास एक संवेदनशिल वस्तु हो । ग्यासको कारोबार व्यवस्थित, मर्यादित र सुरक्षित बनाउनको लागि यस क्षेत्रमा विभिन्न सुधारहरु गर्नु जरुरी छ । खासगरी विक्रेता प्रमाणिकीकरण पनि एक हो ।
ग्यास कारोबारलाई व्यवस्थित गर्न विक्रेता यसको कारोबारमा संलग्न व्यवसायी सम्बन्धित व्यवसायको बारेमा विज्ञता हासिल गरेको हुनुपर्छ । यसको लागि व्यवसायमा आउन चाहने व्यक्तिको लागि आधारभूत तालिम लिएको हुनुपर्छ ।
सबै किसिमका सुरक्षाका विधिहरु अवलम्बन गरेर मात्र ग्यास कारोबार सञ्चालन गरेको खण्डमा यसबाट हुन सक्ने सम्भावित क्षति र दुर्घटनालाई धेरै हद सम्म न्यूनीकरण गर्न सकिन्छ । जुन हाम्रो अहिलेको आवश्यकता समेत हो ।
नेपालमा ग्यास कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउँदै व्यवसायी आत्मनिर्भर समेत हुनुपर्छ भन्ने सम्बन्धमा ग्यास बिक्रेता महासंघ नेपालले लामो समय देखि प्रयाशहरु गर्दै आइरहेको छ । अझै पनि व्यवस्थित बन्न सकेको छैन । जसले गर्दा समय–समयमा दुर्घटनाहरु हुँदै आएका छन् । यद्यपि यस्ता दुर्घटना न्यूनीकरणको लागि ग्यास विक्रेता महासंघ नेपाल निरन्तर लामो समय देखि संलग्न रहँदै आएको छ ।
साथै हामीले ग्यास कारोबारलाई व्यवस्थित बनाउने सम्बन्धमा विभिन्न सुधार गर्नुपर्ने आवश्यकता महसुस गरी सोहीबमोजिम महासंघ मातहत विभिन्न कामहरु समेत सञ्चालन गरिरहेका छौं ।
ग्यास कारोबारलाई व्यवस्थित गराउनको लागि हामीले निम्न कुराहरु उठान गर्दै आइरहेका छौं । जुन मुख्यतः डिलर प्रमाणिकीकरण सँग सम्बन्धित छन् ।
♠ हरेक ग्यास डिलरले अनिवार्य रुपमा बोर्ड राख्नु जरुरी रहन्छ ।
♠ ग्यास डिलरको दर्ता प्रमाणपत्र सबैले देख्न सकिने ठाऊँमा राख्नुपर्छ ।
♠ ग्यास डिलर सञ्चालन गर्ने व्यक्ति ग्यास कारोबार सम्बन्धी तालिम प्राप्त एवं अनुभवी हुनसकेमात्र कारोवार व्यवस्थित हुन सक्छ ।
♠डिलरहरुले गुणस्तरीय र भरपर्दा सिलिण्डरहरु मात्र प्रयोग गर्नुपर्छ । सुरक्षाको दृष्टिकोणले यो कार्य पनि निकै महत्वपूर्ण हुन आउँछ ।
♠सबै डिलरले कुनै अनपेक्षित घटना भइहालेमा ठूलो नोक्सानी नहोस् भन्ने मान्यता सहित अनिवार्य रुपमा फायर फाइटिङ मेसिन जडान गर्नु जरुरी रहन्छ । यस सम्बन्धमा डिलर सञ्चालकहरुलाई सचेत गराई प्रभावकारी कार्यान्वयन भए÷नभएको नेपाल सरकारले अनुगमन गर्नु जरुरी रहन्छ ।
♠ग्यास कारोबारलाई थप व्यवस्थित र सुरक्षित बनाउन ग्यास बिक्रेता महासंघ, एलपि ग्यास उद्योग संघ, नेपाल आयल निगम एवं वाणिज्य विभाग लगायतका विभिन्न निकायहरु बीच आपसी सहकार्यमा सचेतनामूलक कार्यक्रमहरुलाई व्यापक बनाई उपभोक्ता हितमा केन्द्रित हुनुपर्छ।
♠ कम्तीमा डेढ÷दुई सय सिलिण्डर ग्यास राखेर मात्र ग्यास व्यवसाय सञ्चालन गर्ने र ग्यास पसलेले ग्यास र यससँग सम्बन्धित सामानहरु बाहेक अरु सामानहरु विक्री नगर्ने गरी अलग्गै ग्यास पसल सञ्चालन गरेर कारोबार गर्ने व्यवस्थालाई कार्यान्वयन गर्नु पनि त्यत्ति जरुरी छ ।
ग्यास कारोबारलाई आत्मनिर्भर बनाउन उद्योगी, व्यवसायी एवं नेपाल सरकार मातहतको नेपाल आयल निगम लगायतका निकायहरु निकै नै प्रतिवद्धतापूर्वक लागिरहेका छौं । हामी अाशावादी छाैं अागामी दिनमा याे क्षेत्र थप सुधार भइ उपभाेक्ता सुरक्षित, काराेबार अात्मनिर्भर र बजार व्यवस्थित हुन सक्नेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij