२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

वैज्ञानिकहरु भन्छन्-किरा फट्यांग्राको संकट सोचे भन्दा जटिल बन्दैछ

वैज्ञानिकहरु भन्छन्-किरा फट्यांग्राको संकट सोचे भन्दा जटिल बन्दैछ

मानवीय गतिविधि विनासकारी हुँदै जाँदा तथा जलवायु परिवर्तनको प्रभाव सघन हुँदा पुतली, माहुरी, कमिलासहितका साना प्रजाती अर्थात किरा फट्यांग्रहरुको विनास हुने चिन्ता थपिएको वैज्ञानिकहरुले बताउँदै आएका छन् । अनुसन्धानहरुले पनि किरा फट्यांग्राहरुको संख्या विश्वमा चिन्ताजनक रुपमा कम हुँदै गएको देखाउने गरेका छन् । तर पछिल्लो एक अनुसन्धानले किरा फट्यांग्राको विनास यसअघि सोचिए भन्दा भिन्न र जटिल रहेको देखिएको वैज्ञानिकले बताएका छन् ।

यसअघिका अनुसन्धानमा विश्वका सबै क्षेत्रमा किरा फट्यांग्राको संख्या चिन्ताजनक रुपमा कम भएको देखिएको थियो । रहेक दशमा उनीहरुको संख्या २५ प्रतिशतले कम हुँदै गएको तथ्य भेटिएका थिए । पछिल्लो पटक भएको अनुसन्धानमा भने तथ्यांक अधिक जटिल र विभिन्न पाइएको छ । यो अहिलेसम्म भएको सबैभन्दा विस्तृत अध्ययन हो ।

जमिनमा आधारित किरा फट्यांग्रा वा किटहरु निश्चित रुपमा चिन्ता गर्नु पर्ने तहमा घट्दै गएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij