वीरगञ्ज । वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
नारायणी वयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज-१६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो ।
उनकाे रिपोर्ट नआउँदै बिहान १०:१२ मा मृत्यु भएको जनाइएकाे छ ।
सुगरबाट ग्रसित ती महिलामा निमोनिया र हाईपरटेन्सन समेत रहेको नारायणी अस्पतालका डा निरज सिंहले जानकारी दिएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij