काठमाडाैं । विश्वासको मत लिन २७ गते संसद अधिवेशन बोलाउन सरकारको तयारी काठमाडौं, सरकारले बैशाख २७ गते संसद अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले बिश्वासको मत लिने गरी बैशाख २७ गते संसद अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोही दिन बस्ने संसद बैठकमा बिश्वासको मत लिने जानकारी गराउनु भएको एक मन्त्रीले जनताटाइम्सलाई जानकारी दिनुभयो । बैशाख २७ गते संसद बैठक बोलाउने निर्णय भएको छ, सोही बैठकमा प्रधानमन्त्रीले बिश्वासको मत लिने जानकारी गराउनु भएको छ । बैठकको निर्णयबारे जानकारी दिँदै ती मन्त्रीले सेतोघरसँग भने ।
नेकपा माओवादीले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा नलिए पनि सरकारविरुद्ध अभियान चलाएपछि प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने निर्णय लिनुभएको हो । सरकारको विकल्पमा बहुमत सहितको अर्को समीकरण नबनेसम्म ओलीलाई दिइएको समर्थन फिर्ता नलिने योजनामा माओवादी केन्द्र रहेको छ ।
नेपाली कांग्रेससँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गर्ने उसको तयारी छ । माओवादी केन्द्रले तत्कालै सर्मथन फिर्ता नलिने बुझेपछि ओली विश्वासको मत लिन आफैं अघि सर्नुभएको हो ।
कांग्रेस र माओवादीले सरकार विरुद्ध लागेपनि जसपाले निर्णय लिएको छैन । जसपामा पूर्वराजपा प्रधानमन्त्री ओलीको पक्षमा रहेको छ भने पूर्वसंघीय समाजवादी पक्ष विपक्षमा रहेको छ ।
पूर्वसंघीय समाजवादी पक्ष भने मुलुकलाई अस्थिरताको भूमरीमा हाल्ने सड्यन्त्रमा उपेन्द्र यादव र डा. बाबुराम भट्टराई लागि परिरहेका छन् । त्यो खालको गलत कार्यदिशालाई चिर्न आवश्यक रहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij