२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

विश्वभर कोरोनाका कारण संक्रमितको संख्या ३४ लाख नजिक पुग्यो, मृतकको संख्या २ लाख ३९ हजार नाघ्यो

विश्वभर कोरोनाका कारण संक्रमितको संख्या ३४ लाख नजिक पुग्यो, मृतकको संख्या २ लाख ३९ हजार नाघ्यो

एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण संक्रमित हुने र मृत्यु हुनेको संख्या दिनहु बढ्ने क्रम रोकिएको छ । यो खबर तयार पार्दा सम्म कोरोनाले विश्वमा ३३ लाख ९८ हजार मानिस संक्रमित भएका छन् भने २ लाख ३९ हजार भन्दा धेरै मानिसको ज्यान गएको छ । यसै गरी १० लाख ७९ हजार भन्दा बढी निको भएर घर फर्किएका छन् ।

कोरोनाको केन्द्र बनेको अमेरीकामा कुल मृतकको संख्या ६४ हजार ७ सय नाघेको छ । संक्रमितको संख्या पनि ११ लाख पार भएको छ । त्यस्तै .ईटालीमा मृत्यु हुनेको संख्या २८ हजार २ सय ३६ पुगेको छ भने संक्रमितको संख्या २ लाख ७ हजार बढी भएको छ । त्यसै गरी बेलायतमा मृत्यु हुनेको संख्या २७ हजार ५ सय १० पुगेको छ । संक्रमित एक लाख ७७ हजार ४ सय ५४ पुगेको छ ।
स्पेनमा मृतकको संख्या २४ हजार ८ सय २४ पुगेको छ भने संक्रमितको संख्या २ लाख १७ हजार बढी रहेको छ ।

फ्रान्समा कुल मृतकको संख्या २४ हजार ५ सय ९४ भएको छ भने करीब १ लाख ६७ हजार ३ सय ४६ संक्रमित भएका छन् । त्याहाँ पछिल्लो २४ घण्टामा केबल १ सय ६८ जना मात्रै संक्रमित भएका छन् । जर्मननीमा मृतकको संख्या ६ हजार ७ सय ३६ पुगेको छ भने संक्रमित एक लाख ६४ हजार माथि पुगेको छ ।

यस्तै टर्कीमा संक्रमितको संख्या एक लाख २२ हजार ३ सय ९२ पुगेको छ भने ३ हजार २ सय ५८ जनाको मृत्यु भएको छ ।

रुसमा संक्रमितको संख्या एक लाख १४ हजार ४ सय ३१ भएको छ भने मृतकको संख्या १ हजार १ सय ६९ पुगेको छ ।

ईरानमा मृतकको संख्या ६ हजार ९१ पुगेको छ भने संक्रमित ९५ हजार ६ सय ४६ पुगेको छ ।
ब्राजिलमा मृतकको संख्या ६ हजार ४ सय १० भएकोे छ भने संक्रमित ९२ हजार १ सय ९ पुगेको छ ।
क्यानडामा मृतकको संख्या तीन हजार ३ सय ९१ पुगेको छ भने संक्रमित ५५ हजार पार भएको छ ।
यसै गरी छिमेकी भारतमा ३७ हजार २ सय ५७ जना संक्रमित पुगेको छ भने एक हजार २ सय २३ जनाको मृत्यु भएको छ ।

यसै गरी पाकिस्तानमा संक्रमितको संख्या बढेर १८ हजार ९२ पुगेको छ भने मृतकको संख्या ४ सय १७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij