२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

विराटनगरमा शनिबार रातिदेखि निषेधाज्ञा

विराटनगरमा शनिबार रातिदेखि निषेधाज्ञा

विराटनगर । विराटनगर महानगरपालिकामा निषेधाज्ञा जारी भएको छ । शनिबार राति १२ बजेबाट लागु हुनेगरी निषेधाज्ञा जारी भएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा निषेधाज्ञा जारी भएको हो । उनका अनुसार निषेधाज्ञाको अवधि एक साताको हुनेछ ।

शुक्रबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको उनले बताए । अत्यावश्यक दैनिक उपभोग्य वस्तुका पसल बिहान १० बजेसम्मका लागि खोल्न दिने निर्णय भएको जानकारी दिए ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय झापाले पनि निषेधाज्ञा जारी गरेको छ । आइतबार रातिबाट लागु हुनेगरी एकसातासम्म निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार बिहानबाट लागु हुनेगरी निषेधाज्ञा जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij