
काठमाडौं । पोखरामा भएको विमा दुर्घटना यतिबेला सबैको चासो र चिन्ताको विषय बनिरहेको छ । यसै सम्बन्धमा सबैजसो क्षेत्रबाट दुख व्यक्त गर्ने क्रम समेत जारी छ ।
उक्त घटना अकल्पनीय र दुखद रहेको भन्दै नेपाल विमा सर्भेयर संघ (निसा)का अध्यक्ष मोहन पुरुष ढकालले पनि घटना प्रति दुख व्यक्त गरेका छन् ।
साथै ढकालले आफूहरुले पोखरा च्याप्टरमा रहेका विमा सर्भेयरहरुलाई घटनामा भएको क्षति आँकलनको लागि हाइ अलर्टमा रहन आफूले आग्रह समेत गरिसकेको बताए ।

दुर्घटनाबाट जनधनमा भएको ठूलो क्षति प्रति दुखः व्यक्त गर्दै परिस्थितिलाई सहज अवस्थामा ल्याउनको लागि सबैमा सामुहिक आत्मबल आवश्यक रहेको उनको धारणा छ । उनले उक्त घटनामा मृत्यु हुनेहरुलाई श्रद्धाञ्जलि समेत व्यक्त गरेका छन् ।
आफूहरुले विमा कम्पनीका सिइओहरुलाई सम्पर्क गरी विमा कम्पनी र विमा सर्भेयरको सामुहिक सहकार्यबाट घटनामा भएको क्षतिको यथार्थ आँकलन छिटो संकलन गर्न सहज हुने बारे ध्यानाकर्षण गराएको समेत बताएका छन् । साथै विमा कम्पनी, विमा समिति एवं सरकारले दुर्घटना सम्बन्धमा आयोजना गर्ने छलफलमा विमा सर्भेयरहरुलाई पनि सहभागि गराउनको लागि अनुरोध गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij