२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै विपी स्टडी युथ सर्कल

विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै विपी स्टडी युथ सर्कल

काठमाडौं । मुलुक यतिबेला निकै कठिन अवस्थामा छ । यस्तो कठिन परिस्थितिको प्रत्यक्ष मारमा सबै नेपालीहरु परेका छन् ।

कसैको नियन्त्रणमा नरहेको यस महामारीको कारण सृजना भएको कठिन परिस्थितिलाई सबै मिलेर न्यूनीकरणको पहल गर्नुपर्छ भन्ने मान्यताले यतिबेला विपी स्टडी युथ सर्कलले देशभर विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको छ ।

देशका अधिकांश क्षेत्रमा सञ्जाल रहेको विपी स्टडी युथ सर्कलले काठमाडौंमा कोरोना महामारीको कारण सृजना भएको दोस्रो चरणको निषेधाज्ञाका कारण रोजगारी एवं आयआर्जनको बाटो गुमाएर भोकभोकै बस्नुपर्ने अवस्थामा रहेका व्यक्तिहरुलाई लक्षित गरेर यही जेठ २१ गते देखि निःशुल्क खाना अभियान सञ्चालनमा ल्याएको विपी स्टडी युथ सर्कल, काठमाडौंका अध्यक्ष ई. ऋषि कोइराला बताउनुहुन्छ । नेपाल तरुण दलका महामन्त्री तथा नेपाली काङ्ग्रेसका नेता भुपेन्द्रजङ शाहीको प्रमुख आतिथ्यतामा सञ्चालनमा ल्याइएको कार्यक्रमबाट कमजोर अवस्थाका नेपालीहरु लाभान्वित भइरहेका छन् ।

६ ओटा प्रदेशका ५० जिल्लामा सञ्जाल विस्तार भइसकेको विपी स्टडी युथ सर्कल नेपाली काङ्ग्रेसको भातृ संस्था हो । यस संस्था अन्तरगत नेपालका विभिन्न प्रदेशमा विगत १ महिना देखि विभिन्न सहयोगात्मक कार्यहरु सञ्चालन हुँदै आइरहेका छन् । जसअन्तरगत निःशुल्क खाना, राहतमूलक खाद्य सामाग्री, निःशुल्क औषधी वितरण लगायत छन् ।

यस अभियानलाई शशक्त रुपमा अघी बढाउन काठमाडौंका सुमन गिरी, नुवाकोटका सुवास पुरी, लुम्बिनी प्रदेशका लक्ष्मण गौतम लगायतका व्यक्तिहरुले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको समेत अध्यक्ष कोइरालाले बताउनुभयो ।

साथै सर्कलले शुरु गरेको अभियानबाट प्रभावित भई थुप्रै युवाहरु स्वतस्फूर्त रुपमा आफूहरुका सामाजिक गतिविधिहरुमा संलग्न हुने क्रम बढ्दै गएको र विभिन्न तवरले सामाजिक क्रियाकलापमा सक्रिय रहन प्रोत्साहन मिलेको कोइरालाको धारणा छ ।

स्मरण रहोस्, विपी स्टडी युथ सर्कल प्रजातान्त्रिक सोचका धनी व्यक्तित्व विपी कोइरालाको विचार समर्थक व्यक्तिहरु संलग्न रहेको संस्था हो । उक्त संस्थाको उद्देश्य विपी कोइराला मूलतः विपी कोइरालाका विचार, दर्शन, ज्ञान, सोच र सिद्धान्तलाई युवाहरु माझ विस्तार गर्ने रहेको छ । यसको अलावा यो संस्थाले विभिन्न सामाजिक गतिविधिहरुमा समेत सक्रिय रहँदै आएको छ ।

हालको कठिन परिस्थितिमा कसरी अहिलेको कठिन परिस्थितिलाई सहज बनाउन सकिन्छ भन्ने मान्यताले राजनीति, सामाजिक एवं व्यावसायिक क्षेत्रमा क्रियाशिल र जागरुक व्यक्तिहरुको सहभागितामा विभिन्न वेविनारहरु समेत सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij