२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

विभिन्न सराेकारवाला निकायहरूसँग नेपाल भ्यालुयर्स एसाेसिएसनकाे विशेष छलफल सम्पन्न

विभिन्न सराेकारवाला निकायहरूसँग नेपाल भ्यालुयर्स एसाेसिएसनकाे विशेष छलफल सम्पन्न

नेपाल भ्यालुयर्स एसाेसिएसनले  अनलाइन डिजिटल प्लेटफर्मबाट अबका दिनमा आउन सक्ने मूल्यांकन क्षेत्रका समस्या र नयाँ सम्भावना बारे वृहद छलफल सम्पन्न गरेकाे छ ।

जुम एप्लिकेसन मार्फत नेतृत्वदायी भूमिकामा रहेका बैंकरहरु एवं धिताेविज्ञ र कानुन व्यवसायी समेत सहभागी रहेकाे उक्त छलफलले अबका दिनमा मूल्यांकन क्षेत्रबाट हुने कार्यहरु थप परिष्कृत हुँदै जानुपर्नेमा जाेड दिइएकाे छ । 

धिताे मूल्यांकनकाे लागि माकेर्ट एप्राेच, इन्कम एप्राेच र कस्ट एप्राेच गरी  ३ मुख्य आधार भएपनि नेपालमा अहिले सम्म  यी सबै विधि पालना नगरिएकाे र परम्परागत तवरले नै धिताे मूल्यांकनका कामहरू हुँदै आएकाे बताउँदै अब यसलाइ बदलिँदाे परिवेश बमाेजिम नयाँ ढङ्गले अघी बढाउनुपर्नेमा धिताेमूल्यांकनविज्ञ देवेन्द्र कुमार श्रेष्ठले विशेष जाेड दिनुभएकाे छ । 

एउटा मात्र विधि अपनाएर घरजग्गा जस्ता स्थिर सम्पत्तिकाे मूल्य निर्धारण कार्यले सही र विश्वसनीय आँकडाहरू पस्कन नसक्ने बताउँदै अबका दिनमा विगतमा मूल्यांकनमा अपनाउँदै आइएका विधिहरूमा मात्र सीमित नरही नयाँ तवरले मूल्यांकन सम्बन्धी काम गर्नुपर्नेमा उहाँका जाेड छ । छलफलबाट अब मुख्यतः धिताे मूल्यांकन कार्यमा नेपालमा पनि  अन्तर्राष्ट्रिय मापदण्ड बमाेजिमकै अभ्यास हुनुपर्नेमा विशेष जाेड दिइएकाे छ ।

उक्त कार्यक्रममा बाेल्ने क्रममा नेपाल भ्यालुयर्स एसाेसिएसनका कानुनी सल्लाहकार इन्जिनियर नारायण काेइरालाले अबका दिनमा आउन सक्ने वैधानिक समस्याहरूकाे बारेमा सहभागीहरुलाइ जानकारी गराउनुभएकाे थियाे । आफ्नाे धारणा राख्ने क्रममा उहाँले उहाँले अझै वित्तीय संस्थाहरु र मूल्यांकनकर्ताहरुबीच पारदर्शिता सम्बन्धमा बैंक तथा मूल्यांकर्ता बीच अलमल कायम रहेकाे बताउनुभयाे । 

उहाँले सार्वजनिक खरिद ए‍ेन तथा करारमा  भएका व्यवस्था, कानुनमा व्यवस्था भए बमाेजिम आउन सक्ने समस्या र सुरक्षित रहन अवलम्वन गर्नुपर्ने विधिहरूकाे बारेमा बताउनुभएकाे थियाे ।  साथै पछिल्ला दिनहरुमा नेपालमा मूल्यांकर्ता र बैंकिङ संस्थाहरू बीच भएकाे सुमधुर सम्बन्ध एउटा राम्राे शुरूवात भएकाे बताउनुभयाे । यद्यपि मुल्या‌ंकन क्षेत्रलाइ सामयिक, व्यवस्थित र विश्वसनीय बनाउन यति प्रयाश मात्र प्रयाप्त नभएकाेले अब छलफलकै माध्यमबाट थप तयारीमा दुवै पक्ष जुट्नुपर्नेमा जाेड दिनुभएकाे छ ।

उक्त कार्यक्रममा वैंकिङविज्ञ अनलराज भट्टराइले सम्पत्ति धिताेपत्रमा आउन सक्ने समस्याहरूकाे बारेमा धारणा राख्नुभएकाे थियाे ।    नेपालमा अहिलेकाे अवस्थाले गर्दा मानिस आर्थिक रूपमा कमजाेर बन्ने र यसले घरजग्गाकाे मूल्यमा पनि कमी आउन सक्ने एवं काराेबार घट्न सक्ने बताउँदै यस्ताे कुरालाइ विचार गर्दै यसलाइ व्यवस्थित र स्थिर बनाउन नेपाल राष्ट्र बैंकले विशेष कायर्क्रम ल्याउनुपर्नेमा समेत जाेड दिनुभयाे । साथै अहिलेकाे अवस्थाकाे कारण भावी दिनमा ठूलाे समस्या सृजना हुन सक्ने कुरालाइ विचार गर्दै बैंक, मूल्यांकनकर्ता लगायत सबै पक्ष थप जिम्मेवार हुनुपर्नेमा समेत उहाँले जाेड दिनुभएकाे छ ।

यसैगरी कार्यक्रममा आइक्यानका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले विभिन्न माध्यमबाट मूल्यांकन गर्दा हुनसक्ने त्रुटिहरुकाे बारेमा बताउँदै आवश्यकता बमाेजिम उपयुक्त विधि छनाैट गरेर मुल्यांकन गर्न सुझाउनुभयाे ।

विभिन्न संस्था बमाेजिम गाइन्सलाइन्स फरक हुन सक्ने बताउँदै सम्भव भएसम्म एकै किसिमकाे गाइडलाइन्स बनाउनुपर्नेमा उहाँले जाेड दिनुभएकाे छ । उहाँले अबका दिनमा प्रविधिकाे प्रयाेगबाट मूल्यांकनका कामहरू अघी बढाउनुपर्नेमा समेत जाेड दिनुभयाे । अहिलेकाे परिस्थितिले विगतकाे मूल्यांकनलाइ फरक पार्न सक्ने र कतिपय अवस्थामा पुनर्मुल्यांकन समेत गर्नुपर्नेमा उहाँले मूल्यांकनकर्ताहरूलाइ ध्यानाकर्षित समेत गराउनुभयाे । 

कार्यक्रममा गुडविल फाइनान्सका प्रमुख कर्यकारी अधिकृत तथा नेपाल फाइनान्स इन्ष्टिच्युसनल एसाेसिएसनका अध्यक्ष सराेजकाजी तुलाधरले अझै लकडाउन कायम रहेकाे र संक्रमितहरूाे सङ्ख्या बढिरहेकाे अवस्थामा यस क्षेत्रले व्यहाेर्नुपरेकाे नाेक्सानी सम्बन्धी अझै अनुमान गर्न सकिने स्थिति सृजना नभएकाे बताउनुभयाे ।

कार्यक्रममा डेभलपमेन्ट बैंकर्स एसाेसिएसनका अध्यक्ष गाेविन्द ढकालले अबका दिनमा थप  सतर्कता अपनाउँदै नयाँ ढङ्गले मुल्यांकन कार्य अघी बढाउनुपर्नेमा जाेड दिनुभएकाे  छ । नेपालमा भ्यालुएसन पद्दतिमा आगामी दिनमा सामान्य घटनाक्रमले ठूलाे असर पर्ने अवस्था सृजना हुन नदिन अन्तराष्ट्रिय मापदण्ड बमाेजिम नै मुल्यांकन हुनुपर्नेमा उहाँले जाेड दिनुभएकाे छ ।

कार्यक्रममा नेपाल बैंकर एसाेसिएसनका अध्यक्ष भुवन कुमार दाहालले नेपालमा बैंकहरू पनि मूल्यांकन क्षेत्रमा आउन सक्ने नयाँ समस्यालाइ लिएर चिन्तामा रहेकाे र आउँदा दिनमा अहिले  देखिएका र देखिन सक्ने समस्याहरू सबै वर्गका बैंकहरू र मूल्यांकनकर्ता बसेर विशेष छलफल मार्फत टुङ्ग्याउनुपर्नेमा जाेड दिनुभयाे । अब सुरक्षित तवरले कसरी काम गर्न सकिन्छ भन्ने सम्बन्धमा सबै पक्ष जिम्मेवार भएर काममा जुट्नुपर्नेमा उहाँकाे विशेष जाेड छ ।

कार्यक्रममा बाेल्दै नेपाल भ्यालुयर्स एसाेसिएसनका अध्यक्ष इन्जिनियर ऋषि काेइरालाले बैंक लगायत सराेकारवाला निकायहरू समेत अहिलेकाे मूल्यांकनकर्ताकै पक्षमा रहनुले आफूहरुमा थप आशा जागेकाे  र यस मुल्यांकन कार्यलाइ व्यवस्थित बनाउन तत्काल नै विशेष निर्देशिका ल्याउनुपर्ने कुरामा जाेड दिनुभएकाे छ । साथै अबका दिनमा मूल्यांकन क्षेत्र विशेष कार्यसञ्चालन मापदण्ड सहित थप व्यवस्थित बन्दै जानेमा समेत आशावादी रहेकाे बताउनुभएकाे छ । विगतमा तथ्यांक सङ्कलन सम्बन्धी काम गर्न नसक्दा अहिले समस्या व्यहाेर्नुपरेकाे बताउँदै उहाँले अब सबै पक्षकाे सहयाेग र सल्लाहमा उपयुक्त तवरले पुन धिताे मुल्यांकन सम्बन्धी कामलाइ गतिशिल बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयेा ।

विगतमा भएका तथ्यांकले नयाँ मूल्यांकन कार्य गर्दा समस्या सृजना हुन सक्नेमा उहाँकाे धारणा थियाे । अबका दिनमा निश्चित स्ट्यान्डर्ड सहित मूल्यांकन कार्यकाे लागि काेभिड-१९ ले सबै पक्षलाइ एकै ठाउँमा ल्याएकाे र याे नै व्यवस्थित धिताे मूल्यांकनकाे लागि उपयुक्त अवसर भएकाे समेत अध्यक्ष काेइरालाले बताउनुभयाे ।

कार्यक्रमकाे सहजीकरण नेपाल भ्यालुयर्स एसाेसिएसनका सचिव दिनेश कुमार पाठकले गर्नुभएकाे थियाे ।

पूरै भिडियाे हेर्नकाे लागि यस लिङ्कमा क्लिक गर्नुहेाला ।

https://www.facebook.com/watchparty/180977589949711/?entry_source=USER_TIMELINE

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij