२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

विद्यालय बन्द गर्नेलाइ कारबाही गर्छाैँ, अन्य तवरले सहमति खाेजाैँः मेयर बालेन

विद्यालय बन्द गर्नेलाइ कारबाही गर्छाैँ, अन्य तवरले सहमति खाेजाैँः मेयर बालेन

काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले संसदमा दर्ता भएको शिक्षा विधेयकमा आफ्नो असहमति रहेको बताएका छन् ।

शिक्षकहरूको आन्दोलन र पठनपाठन अवरोध भएको विषयलाई लिएर सामाजिक सञ्जाल फेसबुकमा स्टेटस राख्दै उनले विधेयकमा असहमति भए पनि स्कुलमा अवरोध पुर्‍याउने कार्य गर्न नहुनेमा जोड दिएका छन्।

आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकाले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको उल्लेख गर्दै उनले काठमाडौँको शिक्षाको नीति र जुम्लाको नीति तथा आवश्यकता फरक हुने बताए।

शिक्षा ऐन बनाउने अधिकार स्थानीय तहको भएको भन्दै संघीय सरकारले विधेयक संसदमा ल्याउनु नै संविधानको बर्खिलाप भएको बताए । उनले संघीय सरकारले शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति ल्याउनुपर्नेमा विधेयक ल्याएको भन्दै त्यसलाई किमार्थ स्वीकार गर्न नसकिने बताएका छन् । तर, विद्यालयमा पठपाठन बन्द गरेर आन्दोलन गर्ने शिक्षकलाई भने कानुनअनुसार कारबाही गरिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij