मेगा पब्लिक स्कूलका विशेषताहरू ः
न्यूनतम् शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने याेजनामा रहेकाे याे विद्यालय भुकम्पिय जोखिमबाट सुरक्षित छ । पारिवारिक तथा शान्त वातावरणमा पढाई हुने यस विद्यालयले सबै कक्षामा सीमित बिद्यार्थी मात्र राखेर अध्यापन गराउँदै अाएकाे छ । जेहेन्दार तथा गरीब बिद्यार्थीका लागि छात्रबृत्ति उपलब्ध गराउने, स्कूल बस सेवा उपलब्ध गराउने, होस्टेल तथा डे-बोर्डसको व्यवस्था भएको, विद्यालयमा बिदेशी स्वंयमसेवकहरुबाट समय-समयमा शिक्षा तथा संस्कार अादानप्रदानकाे निम्ति विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने, पूर्ण मन्टेश्वरी बिधिमा अाधारित, श्रव्य दृश्य (Audio- Video) माध्यमबाट अध्ययन अध्यापन कार्य हुने, कला, संगीत, नृत्य र संस्कृतिको प्रवद्धनकाे निम्ति विभिन्न कार्यहरू गरिने, ई- लाईब्रेरी लगायतका सुविधाहरू अाफ्नाे विद्यालयमा रहेकाे प्रिन्सिपल अमृत भण्डारी बताउनुहुन्छ ।
यसकाे अलावा विश्वमा अत्याधिक बोलिने मध्येकाे एक भाषाकाे रूपमा लिइने स्पेनिस भाषा कक्षा पनि यस विद्यालयले संचालन गर्ने भएकाे छ । जुन विश्वकाे अङ्ग्रेजी पश्चात् सबैभन्दा बढी बाेलिने भाषाकाे रूपमा चिनिएकाे छ ।

श्रीपञ्चमीकाे समयमा निःशुल्क भर्ना ः
नयाँ सैक्षिक शत्र-२०७५ मा भर्ना हुनका लागि श्रीपंचमीको अवसरमा कक्षा १ देखि १० सम्मका बिध्यार्थीहरुको लागि ५०% छुट तथा प्ले ग्रुप/ नर्सरी/ एल.के.जी/ यु.के.जी का बिद्यार्थीहरुकाे पूर्ण निःशुल्क भर्ना गरिने विद्यालय व्यवस्थापन पक्षले बताएकाे छ ।
स्वास्थ्य शिविर समेत अायाेजना हुँदै ः
यस विद्यालयले श्रीपंचमीको पावन अवसरमा निःशुल्क भर्नाकाे अलावा निशुल्क स्वास्थ्य सिविर समेत आयोजना गर्न लागिएकाे छ । यस स्वास्थ्य शिविरमा सहभागि भर्इ लाभ लिनुहुनकाे निम्त विद्यालय प्रशासनले सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलार्इ अाग्रह गरेकाे छ ।
साथ लिएर विद्यालयलार्इ व्यवस्थित गर्नकाे निम्ति अाफूले निरन्तर रूपमा पहल गर्दै अाएकाे विद्यालयका प्रिन्सिपल भण्डारीले बताउनुभयाे ।© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij