२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

विद्यालयमा नियमित सम्पर्क रही बालबालिकाहरुको गतिविधिहरु बारे जानकारी लिन प्रिन्सिपल अर्यालको आग्रह

विद्यालयमा नियमित सम्पर्क रही बालबालिकाहरुको गतिविधिहरु बारे जानकारी लिन प्रिन्सिपल अर्यालको आग्रह

शिव अर्याल, प्रिन्सिपल, काैशल स्कुल

कौशल सेकेण्डरी स्कुलका प्रिन्सिपल शिव प्रसाद अर्यालले विद्यार्थीको क्षमता विकासको निम्ति आफ्नो विद्यालयले विभिन्न अतिरिक्त गतिविधिहरुमा विशेष जोड दिँदै आएको बताउनुभएको छ । विभिन्न प्रतिष्पर्धात्मक कार्यक्रमहरुमा समेत आफ्नो स्कुलले राम्रो स्थान समेत हासिल गर्दै आएको बताउँदै यसबाट अभिभावकहरु समेत आफू प्रति सन्तुष्ट रहेको बताउनुभएको छ साथै अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुको प्रगतिको बारेमा नियमित रुपमा सम्पर्कमा आउन र जानकारी लिनको निम्ति समेत विद्यालयका प्रिन्सिपल शिव प्रसाद अर्यालले आग्रह गर्नुभएको छ । विद्यालयले आयोजना गरेको अभिभावक दिवसको अवसरमा ऊहाँले यस्तो आग्रह गर्नुभएको हो ।

पछिल्लो समय विद्यार्थी सङ्ख्या बढेको कारण उक्त विद्यालय क्षेत्र समेत आफूहरुलाई साँघुरो भइसकेको कारण नजिकै अर्को जग्गा समेत व्यवस्थापनको काम भइरहेको र छिट्टै भवन निर्माण गरी त्यस क्षेत्रमा अध्ययन अध्यापन गरिने समेत बताउनुभयो । साथै यसै बर्ष देखि व्यवस्थापन संकायमा कक्षा ११ समेत यसै विद्यालयमा अध्ययन गर्ने व्यवस्था गर्न लागेको समेत बताउनुभयो ।

बच्चाहरुलाई सानै उमेर देखि नै प्रयोगात्मक अभ्यासमा लैजाने योजना बमोजिम सिटिएफ कार्यक्रमको रुपमा अघी बढाएको समेत उहाँले बताउनुभएको छ । बालबालिकाहरुका प्रतिभाहरुलाई आफूहरुले सरस्वती पूजाको दिनमा समेत प्रस्तुत गरेको साथै आगामी दिनमा कस्तो कार्यक्रम सञ्चालन गर्न सके सिकाईलाई अझ बढी प्रभावकारी बनाउन सकिन्छ भन्ने सम्बन्धमा सोचिरहेको समेत बताउनुभयो । यसैगरी विद्यालयका अहिलेको अवस्था, विगत र भावी योजनाहरुबारे बताउँदै अभिभावकको सल्लाह सुझाव र रचनात्मक सहयोगको कारण नै अहिलेको अवस्थामा आफूहरु आउन सकेको प्रति आफूहरुलाई गर्व महसुस हुने समेत बताउनुभयो ।

विद्यार्थीहरुको क्षमता विकासको निम्ति आगामी दिनमा समेत अभिभावकहरुबाट निरन्तर रुपमा सुझाव दिन समेत आग्रह गर्नुभएको छ । साथै विद्यालय निश्चित पद्धतिबाट अघी बढेको बताउँदै सबै तहका शिक्षकहरु दक्ष र अनुभवी नै रहेको कारण आफूहरु यस अवस्थामा आउन सकेको बताउनुभयो ।
आफू आवद्ध रहेका अन्य क्षेत्रका व्यक्तिहरु (डाक्टर, इन्जिनियर, वकिल लगायत)ले आफ्ना छोराछोरीहरुलाई आफ्नै क्षेत्रमा ल्याउन चाहने भएपनि शिक्षण क्षेत्रमा संलग्न व्यक्तिहरुले भने आफ्ना छोराछोरी यस क्षेत्रमा रहेको देख्न नचाहने तर विभिन्न माथिल्लो तहको सोचमा रहेका व्यक्तिहरु विभिन्न वाधाअवरोधको कारण शिक्षण पेशामा संलग्न रहेको बताउनुभयो । साथै डाक्टर, इन्जिनियर, वैज्ञानिक लगायतका क्षेत्रमा संलग्न सबै व्यक्तिहरु शिक्षाकै देन भएको कारण यो क्षेत्र पवित्र क्षेत्र भएको कारण आफ्नो क्षेत्रमा गर्व गर्न समेत शिक्षकहरुलाई आग्रह गर्नुभएको छ । साथै अभिभावकहरुलाई ऊहाँले भन्नुभयो, ‘हामी एक्लै अघी बढ्न सक्दैनौं, हामी तपाईंहरुसँग एकसाथ अघी बढ्न चाहन्छौं ।’

सफल कसरी बन्ने ? यसो भन्नुहुन्छ विद्यालयका भाइस प्रिन्सिपल ः
भरत प्रसाद भण्डारी
भाइस प्रिन्सिपल, कौशल स्कुल
तपाईं आफू जुन कुरामा सफल हुन चाहनुहुन्छ । त्यस कुरालाई राम्रो सँग गहिरोसँग हेर्नुस् । सफल र असफल दुवैलाई तुलना गरेर हेर्नुस् । त्यस पछि आफूमा प्रोत्साहन आवश्यक पर्छ । त्यस पश्चात् तपाईं अर्को चरणमा प्रवेश गर्नुहुन्छ । त्यस क्रममा निश्चित योजनाको आवश्यकता पर्छ । आफूले गर्न लागेको कामलाई छोटो–छोटो अवधिको लागि लक्षित गरी स्टेप वाई स्टेप योजना बनाउन सकिन्छ । यससँगै एक्सनमा जानु पर्छ । साथै शुरुवाती चरणमा निकै प्रतिवद्ध रुपमा अघी बढ्नुपर्छ । जसले आन्य स्टेपहरु समेत सजिलै पार गर्न सकिने प्रोत्साहन मिलोस् ।

भण्डारीले पौडीको उदाहरण दिँदै भन्नुभयो, ‘ यदि तपाईं पौडी खेल्न चाहनुहुन्छ भने सैद्धान्तिक रुपमा मात्र सिकेर तपाईं सिधै पौडीमा सफल बन्न सक्नुहुन्छ । कागजमा मात्र योजना बनाएर तपाईं कहिल्यै पनि पौडी खेल्न सफल बन्न सक्नुहुन्न । फेरी सफलताको लागि लामो साधनाको समेत आवश्यकता पर्छ । त्यसैकारण जुन क्षेत्रमा आफू अघी बढ्ने हो, त्यस क्षेत्रमा आफूले बनाएको योजनालाई सफल बनाउनको निम्ति तत्काल योजनावद्ध रुपमा काममा अघी बढ्न सक्नुपर्छ ।

कसरी सम्पन्न भएको थियो कौशलको बार्षिकोत्सव ? को को थिए उपस्थित ?
विद्यालयले १३ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विशेष कार्यक्रम बीच सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा भीमसेनदास प्रधान उपस्थित हुनुहुन्थ्यो । विशिष्ट अतिथिको रुपमा तारकेश्वर नगरपालिकाका नगरप्रम्ख रामेश्वर बोहोरा उपस्थित हुनुहुन्थ्यो । प्याब्सन काठमाडौंका वरिष्ठ उपाध्यक्ष राम बहादुर केसी, ओप्सका अध्यक्ष लोकेन्द्र बहादुर खड्का लगायतका विभिन्न विद्यालयका प्रिन्सिपलहरुको उक्त अवसरमा उपस्थिति रहेको थियो । कार्यक्रममा जनप्रतिनिधिहरु, समाजसेवी, बुद्धिजिवी लगायतको समेत उपस्थितिको अलावा अभिभावक तथा विद्यार्थीहरुको व्यापक उपस्थिति रहेको थियो । उक्त अवसरमा विद्यालयले स्मारिका ‘प्रारम्भ’ समेत प्रकाशन गरेको छ । यसको अलावा विद्यार्थीहरुले नाचगान, वाद्यवादन, नाटक, मनोरञ्जन लगायतका विभिन्न अतिरिक्त शैक्षिक प्रस्तुतीहरु राखेका थिए ।

यसको अलावा विद्यालयले विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । समाजको विकासको निम्ति विशेष भूमीका निर्वाह गरेका व्यक्तिहरुलाई थप हौसला मिल्ने मान्यता सहित सम्मान प्रदान गरिएको हो । कार्यक्रमको सञ्चालन विद्यालयका भाइस प्रिन्सिपल भरत प्रसाद भण्डारीले गर्नुभएको थियो, त्यसै क्रममा विद्यार्थीहरुलाई सफलताबारे प्रोत्साहित गर्नुभएको थियो ।

कार्यक्रममा तारकेश्वरका नगरप्रमुख रामेश्वर वोहोराले केही समय निकै दुखको साथ मेहनत गर्ने हो भने त्यसले भविष्यको लागि निकै राम्रो हुने भन्दै विद्यार्थीहरुलाई निरन्तर रुपमा अघी बढ्नको निम्ति प्रोत्साहित गरे । नेपालका सबै मानिसको क्षमता एकै किसिमको नभएको बताउँदै उनले अभिभावक तथा शिक्षकले विद्यार्थीको क्षमता कस्तो छ भन्ने कुरालाई ख्याल गरेर सोही बमोजिम शिक्षा प्रदान गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रममा न्युटन स्कुलका प्रिन्सिपल तथा प्याब्सन वरिष्ठ उपाध्यक्ष राम वहादुर केसीले विद्यार्थी र अभिभावकहरुलाई प्रोत्साहनमूलक मञ्तव्य राख्नुभयो । साथै विद्यालयको प्रगति प्रति गौरव महसुस भएको समेत बताउनुभयो । काठमाडौं प्याब्सनमा भएको जिल्लाको शैक्षिक तथ्यांक हेर्दा ८९ प्रतिशत उत्कृष्ट नतिजा ल्याउनेमा निजी शैक्षिक संस्था नै भएको समेत ऊहाँले बताउनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि भीमसेनदास प्रधानले विद्यालयको भविष्य उज्ज्वल रहेको बताउनुभयो । विद्यालय राम्रो बन्नुमा विद्यार्थी, शिक्षक र अभिभावकहरुबीच सुमधुर सम्बन्ध हुनुपर्ने बताउनुभएको छ । जुन कुरामा आफूलाई बढी चासो छ, त्यही क्षेत्रमा नै राम्रो गर्न सकिने बताउँदै अहिले अतिरिक्त क्षेत्रबाट समेत राम्रो प्रगति गर्न सकिने वातावरण बनेको बताउनुभयो । विद्यार्थीहरुलाई सही दिशामा अघी बढ्नको निम्ति उनीहरुको वातावरणले समेत महत्वपूर्ण भूमीका निर्वाह गर्ने कुरामा ऊहाँले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij