२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

विदेशमा रहेका विद्यार्थीलाई इक्यानले सहयोग गर्ने

विदेशमा रहेका विद्यार्थीलाई इक्यानले सहयोग गर्ने

नेपाल शैक्षिक परामर्श संघ नेपाल (इक्यान)ले उच्च शिक्षाका लागि विदेशी भूमिमा रहेका नेपाली विद्यार्थीहरुलाई सहयोग गर्नका लागि आपतकालीन फारममार्फत् समस्या दर्ताको शुरुवात गरेको छ।

विश्वव्यापी रुपमा फैलँदै गएको कोभिड–१९ भनिने कोरोना भाइरसका कारण विदेशमा अध्ययनरत विद्यार्थीहरु समस्यामा पर्ने अवस्थालाई ध्यानमा राख्दै इक्यानले त्यस्ता विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले ‘इक्यान कोभिड १९ आपतकालीन रजिष्ट्रेसन फारम’को शुरुवात गरेको अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए। ‘कोरोना भाइरसका कारण दुःख पाएका विद्यार्थीहरुलाई खाना, बस्न र स्वास्थ्य सम्बन्धि कुनै पनि समस्या समाधान गर्न फारम बनाइएको हो, जहाँ विद्यार्थीले आफ्ना समस्या दर्ता सक्छन्,’ पाण्डेले भने ।

उनका अनुसार संसारका कुनै पनि देशमा भएका विद्यार्थीहरुले आफ्नो समस्या फारममा दर्ता गर्न सक्छन्। उनीहरुका समस्या समाधानका लागि नेपाल सरकार शिक्षा मन्त्रालय, सम्बन्धित देशका दूतावास, एनआरएनए, नेपालस्थित परामर्श संघहरु, सम्बन्धित देशमा रहेका परामर्श संघ, कन्सलटेन्सी तथा विभिन्न संघ संस्थासँग सहकार्य गरी सहयोग गरिनेछ।

अध्यक्ष पाण्डेका अनुसार इक्यानले ती विद्यार्थीमा परेको समस्या समाधानमा के गर्न सकिन्छ भन्ने विषयमा शिक्षा मन्त्रालयसँग निरन्तर छलफल गरिरहेको समेत जानकारी दिए।

शिक्षामन्त्रालयसँगको छलफलमा विदेशमा रहेका विद्यार्थीलाई आवश्यक परेमा नेपालबाट अभिभावकले कसरी पैसा पठाउने र कतिसम्म पठाउन सकिने विषयमा समेत छलफल भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij