२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

वास्तविक जीवन भोगाईमा आधारित दर्दानक म्युजिक भिडियो ‘टुहुरी’, अब युट्युबमा

वास्तविक जीवन भोगाईमा आधारित दर्दानक म्युजिक भिडियो ‘टुहुरी’, अब युट्युबमा

टि टाइम म्युजिक अन्तरगत एक दर्दानक म्युजिक भिडियो सार्वजनिक भएको छ । सर्जक मीना लामाको वास्तविक जीवन भोगाईमा आधारित गीत ‘टुहुरी’मा नेपाली समाजमा टुहुराहरुको अवस्था र उनीहरुका पीडालाई समेट्ने प्रयाश गरिएको छ ।
गुल्मीका चर्चित सर्जक तथा गायक जिसी अमरको शब्ज सृजनामा  बजारमा आएको यस म्युजिक भिडियोमा छोरीलाई जन्म दिने बित्तिकै आमाको मृत्यु हुँदा समाजमा छोरीलाई हुर्कन, बढ्न र जीवनयापन गर्ने क्रममा आउने समस्याहरुलाई यस म्युजिक भिडियोमा समेटिएको छ ।

जन्म दिने आमा नहुँदा समाजले गर्ने नमिठो र गलत व्यवहारलाई यस म्युजिक भिडियोबाट नजिकबाट बुझ्न सकिन्छ । पुर्णकला बिसिको स्वर रहेको यस गीती भिडियाेमा मोडेलको रुपमा आशा खड्का, अर्जुन श्रेष्ठ, मिना लामा लगायत छन् । मिना लामाले नै निर्माण गरेको यस गीती एल्बमको निर्देशन प्रबिन कुवँरले गरेका हुन् । म्युजिक एरेन्जर इन्द्र जिसी हुन् ।

युट्युबमा हेर्नकाे निम्ति तलकाे लिंक क्लिक गर्नुहाेला ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij