२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

वातावरण प्रतिकुल स्वास्थ्य सामाग्री फालेर वातावरणमा असर परेकाे भन्दै महानगरकाे जरिवाना

वातावरण प्रतिकुल स्वास्थ्य सामाग्री फालेर वातावरणमा असर परेकाे भन्दै महानगरकाे जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिसडोल ल्याण्डफिल साइटमा चिकित्साजन्य हानिकारक फोहोर पुर्‍याउनेलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर ५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका क्रममा प्रयोग गरेका सिरिञ्जलगायत सामानले साइटमा पुर्याएको पाइएपछि महानगरले उक्त संस्थालाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।

महानगरले फोहोर व्यवस्थापनसँग सम्बन्धित अनधिकृत क्रियाकलापलाई नजिकबाट निगरानी गरिरहेको वातावरण तथा कृषि विभागका प्रमुख रविनमान श्रेष्ठले बताए । कानुनले बर्जित गरेका फोहोर साइटमा लैजाने जोसुकैलाई पनि कारवाही गरिने उनले बताए । हानिकारक फोहोरलाई उत्पादक आफैँले निर्मलीकरण गरेर सामान्य फोहोरमा बदल्नुपर्ने र त्यसपछि सामान्य प्रक्रियाबाट लैजान सकिने उनको भनाई थियो । उनले भने, ‘यहाँ सामान्य फोहोर मात्र लैजान मिल्छ ।’

अहिले काठमाडौँ उपत्यकाकाको फोहोर बञ्चरे डाँडास्थित साइटमा व्यवस्थापन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij