२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

वरिष्ठताका आधारमा ओमप्रकाश मिश्र प्रधानन्यायाधीश !

वरिष्ठताका आधारमा ओमप्रकाश मिश्र प्रधानन्यायाधीश !

प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशी प्रधानन्यायाधीशबाट बाहिरिएपछि नयाँ प्रधानन्यायाधीशको खोजी सूरु भएको छ । जोशीलाई आज बसेको संसदीय सुनुवाई समितिको बैठकले अस्वीकृत गरेको हो ।

जोशी अस्वीकृत भएपछि अब संवैधानिक परिषद्ले पुनः नयाँ सिफारिस गर्नुपर्नेछ । संवैधानिक परिषद्को सिफारिस संसदीय सुनुवाइ समितिमा पुगेर यसैगरी सुनुवाइ हुनेछ ।

समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । जोशीपछि ओमप्रकाश मिश्र सर्वोच्चका वरिष्ठतम् न्यायाधीश हुन् । त्यसपछि चोलेन्द्र शमशेर जबरा र दीपककुमार कार्कीको नाम आउँछ ।

सम्भवतः यिनैमध्ये एकजना भावि प्रधानन्यायाधीश बन्नेछन्

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij