काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन सरकारले लगाएको लकडाउनको समयमा पनि खुलेको काठमाडौंको अनामनगरमा रहेको भाटभटेनी सुपरमार्केट बन्द गराइएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर(२९ का वडाध्यक्ष कुश ढकालको निर्देशनमा भाटभटेनी बन्द भएको हो।
अन्य साना पसलहरू बन्द भए पनि भाटभटेनी भने खुला हुँदा संक्रमणले उग्र रूप लिन सक्ला भन्दै भाटभटेनी सुपरमार्केट बन्द गराइएको वडाध्यक्ष ढकालले जानकारी दिए। उनका अनुसार सुरुमा अटेरी गरेपनि सोमबारबाट भने भाटभटेनी बन्द भएको छ।
सामाजिक दुरी कायम गरेर १०/१० मिटरको दुरी कायम गरेर स्टोर खोलेको दावी गरेपनि भित्र भने ठूलो भिड लाग्ने गरेको थियो । भित्र दुरी कायम गर्ने अवस्था नहुने भएकाले संक्रमण फैलने उच्च जोखिममा रहेको भन्दै वडाध्यक्षले भाटभटेनी बन्द गराउनुपर्ने बताउँदै आएका थिए । साना पसलहरू सबै बन्द भए पनि राजनीतिक पहुँचका आधारमा भाटभटेनीले दिनभर खुला गर्ने गरेको थियो ।
अनामनगरको बन्द भए पनि भक्तपुर लगायतका उपत्यकाका ६ ठाउँमा भने भाटभटेनी दैनिक विहान १० बजेदेखी बेलुका ७ बजेसम्म खुल्दै आएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij