२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

लियो क्लवले सुपर सिक्स कर्पाेरेट क्रिकेट प्रतियोगिता गर्ने

लियो क्लवले सुपर सिक्स कर्पाेरेट क्रिकेट प्रतियोगिता गर्ने

भैरहवा । लियो क्लव सिद्धार्थनगरले यहि माघ ४ गते देखि भैरहवामा द नेक्स्ट नवौँ लियो कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता गर्ने भएको छ । हाल सम्म प्रतियोगिताका लागी १२ समुह दर्ता भएको र कार्यक्रमको मुख्य प्रायोजक द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, सह प्रायोजक सेभेन्टी फोर युनिक कस्मेटिक, प्रायोजक सिजि इलेक्ट्रोनिक प्रा.लि. र द बिजिबिन्स रहेको लियो क्लवका अध्यक्ष अरुण पन्थीले जानकारी गराएका थिए ।

पहिलो दिन समुद्घाटन कार्यक्रम बिहान ८ः३० बजे सुरु भई प्रतियोगिताका श्रीङ्खलाहरु ९ः३० बजे देखी सुरु हुनेछन् र पहिलो दिनमा २ समुहको लिग तथा पहिलो सेमीफाईनल खेल सम्पन्न हुनेछ भने दोश्रो दिन बाँकी २ समुहको लिग तथा दोश्रो सेमी फाइनल र फाइनल खेलहरु हुने तथा कार्यक्रम समापन गरीने लियो क्लव ३२५ बि टु नेपालका डिस्ट्रीक अध्यक्ष शार्दुल मयुर कसौधनले बताएका थिए ।
कार्यक्रम बारे लियो क्लवले भैरहवामा पत्रकार सम्मेलन गरी कार्यक्रममा सहभागी टिम, हालसम्मको गतिबिधि, दर्ता शुल्क,प्रायोजक बारे जानकारी गराइएको थियो । माघ ४ गते भैरहवा बहुमुखी क्याम्पसमा उद्घाटन गरीने र ६ गते कार्यक्रम समापन गरीने कार्यक्रमका संयोजक सुवास लुइँटेलले जानकारी गराएका थिए ।
कार्यक्रममा लियो क्लव ३२५ बि टु नेपालका डिस्ट्रिक्ट पिआर ओ सञ्जय सिंह केसी निर्वतमान अध्यक्ष गौतम गुप्ता लगायतले कार्यक्रम बारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij