२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

लिट्मस केबल्सद्धारा ईकोवायर–जेड एच सार्वजनिक

लिट्मस केबल्सद्धारा ईकोवायर–जेड एच सार्वजनिक

लिटमस केवल्सद्वारा नेपालकै पहिलो ह्यालोजनमुक्त तार जेड एच ईकोवायर सार्वजनिक भएको छ।

शुक्रबार काठमाडौँमा लिट्मस केबल्सले एक भव्य समारोहबीच अत्याधुनिक जर्मन प्रविधिद्वारा नेपालमै उत्पादन गरिएको ईकोवायर जेड एच ईकोवायर सार्वजनिक गरिएको हो।

लिटमस इन्डस्ट्रिज लिमिटेडका निर्देशक रोहित गुप्ताले ह्यालोजनमुक्त ईकोवायर नेपालको विद्युतीय उद्योगमा एक महत्वपूर्ण कोसेढुंगाको रूपमा रहनुका साथ साथै यसले ग्राहकवर्गमा अझ बढी र उच्च कोटीको सुरक्षाको अनुमति दिनेमा कम्पनी विश्वस्त रहेको बताए।

‘इकोवायर नेपालमै पहिलो ह्यालोजन मुक्त एकमात्र तार हो। ग्राहकवर्गको माग, सुरक्षालाई आत्मसात गरी नयाँ नयाँ प्रविधि तथा नविनतम उत्पादनहरु बजारमा ल्याउनेछौँ। यसको कम धुवाँ र उत्सर्जन मुक्त विशेषताहरूले यो सबै प्रयोगकर्ताहरूको लागि उपयुक्त विकल्प बनेको छ। यसबाहेक, यसको खीया नलाग्ने गुणहरू र आगो प्रतिरोधले समग्र सुरक्षा रुपरेखा बढाउँछ।’

लिट्मस इन्डस्ट्रीज लिमिटेडका उपाध्यक्ष सरोज मिश्रले बजारमा लिट्मस ईकोवायर– जेड एचको विश्वसनीयतामा जोड दिँदै यसको अतुलनीय सुरक्षा प्रविधिका कारण ग्राहकहरूले यो उत्पादनलाई विश्वास गर्न सक्ने बताए । मिश्रले भने, ‘कम धुवाँ र उत्सर्जन–मुक्त विशेषताहरूले यो सबै प्रयोगकर्ताहरूको लागि उपयुक्त विकल्प बनेको छ । यसबाहेक, यसको खीया नलाग्ने गुणहरू र आगो प्रतिरोधले समग्र सुरक्षा रुपरेखा बढाउँछ । विशेष रूपमा, उत्पादनको पर्यावरण–मैत्री डिजाइनले यसको दिगोपन र जिम्मेवारीलाई रेखांकित गर्दछ, यो वातावरणीय रूपमा सचेत उपभोक्ताहरूको रोजाई बन्न सक्छ।’

ईकोवायर– जेड एच नेपालमा पहिलो पटक उत्पादित आगो प्रतिरोधी, खीया नलाग्ने, र पर्यावरण मैत्री शून्य ह्यालोजन भएको तार भएको कम्पनीले जनाएको छ । आगलागी हुदाँ ईकोवायर– जेड एच ले न्यूनतम धुवाँ उत्पादन गर्ने जसले सुरक्षित निकासी र उद्धार टोलीहरूद्वारा तीव्र उद्धार कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आगो प्रतिरोधले आगोको फैलावटलाई रोक्ने, नियन्त्रण र सुरक्षा बढाउने साथै यो तार जन–मैत्री, पर्यावरण–मैत्री, र ओजोन–मैत्री रहेको जनाएको छ ।

लिटमस इन्डस्ट्रिज लिमिटेड नेपालको अग्रणी केबल निर्माता, जसले वि.स. २०३५ सालदेखि देशलाई उज्यालो र औद्योगिक विकासलाई समर्थन गर्दै आएको छ।

सन् २०१४ देखि रमेश कर्म अन्तर्गतको संस्थाको रुपमा नेपालमा अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरी तार तथा केबलको निर्माण गर्दै आईरहेको लिट्मस इन्डस्ट्रिजले विस्तृत रूपमा घर र उद्योगमा निरीक्षणको अभिप्रायहरू प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij