काठमाडौं, २६ चैतः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई कडा चेतावनी दिएका छन्। मंगलबार पार्टीद्वारा आयोजित खबरदारी सभामा सम्बोधन गर्दै उनले वर्तमान सरकार यदि यथास्थितिमा सुधार नल्याउने हो भने बालुवाटार घेर्ने कार्यक्रमसम्म जाने बताएका छन्।
लिङ्देनले भने, “हामी गोली चलाउने पक्षमा छैनौं, तर जनताको आक्रोश लिएर बालुवाटार घेर्ने तयारीमा जान सक्छौं। त्यहाँको भात-पानी नै बन्द गरिदिन्छौं।” उनले सरकारलाई चेतावनी दिँदै थपे, “यो कुरा याद राख।”
उनको भनाइमा अहिलेको समय सूचना प्रविधिको युग भएको र जनताले सबै कुरा बुझ्ने क्षमतामा रहेको उल्लेख गरिएको थियो। “अबका जनता अघिकै जस्तो मुर्ख छैनन्,” लिङ्देनले भने, “सूचना यति छिटो फैलिन्छ कि कसैले पनि यसलाई मुठ्ठीमा थुन्न सक्दैन।”
सभामा लिङ्देनले पार्टीका तर्फबाट आवश्यक परे विद्रोह गर्न पनि पछि नपर्ने बताएका थिए। “हामी सल्लाह गरेर अगाडि बढ्छौं, जरुरी परे आन्दोलन पनि गर्छौं,” उनले स्पष्ट पारे।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij