२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

लहरेखाेकी भएर खाेक्दा करङ नै बाहिर निस्किएपछि…….

लहरेखाेकी भएर खाेक्दा करङ नै बाहिर निस्किएपछि…….

रुघाखोकी लागेको बेला खोक्दा खोक्दा छाति नै दुखेको अनुभव त धेरैले गरेकै छौँ होला । तर एकजना महिलालाई यति खतरनाक खोकी लागेको छ की त्यो सुन्दैमा डर लाग्छ । ६६ वर्षकी ती महिलाले खोक्दा खोक्दै जोडले उनको करङको हड्डी नै भाँचिएको छ । अमेरिकाको म्यासाच्यूसेट्स राज्यमा बस्ने ती महिलालाई कडा खोकी लागेको थियो र खोक्दाखोक्दै छातिको दायाँ भागमा दुख्न थालेपछि जँचाउनका लागि डाक्टरकोमा गईन् ।

उनलाई फ्लू भएको भन्दै डाक्टरले औषधि दिएर पठाए । तर

औषधिले उनलाई निको भएन र पुनः डाक्टरकोमा गईन् । जब डाक्टरले उनको छातिको जाँच गर्नका लागि हेरे तब दायाँतर्फ हड्डी नै टुटेको जस्तो देखियो । ती महिलाले पनि निकै दुखाई महसूस गरिरहेकी थिइन् ।

सिटी स्क्यान गर्दा उनको नबौँ करङ भाँचिएर बाहिर आएको देखियो ।

ती महिला लहरे खोकीबाट संक्रमित भएको चेकजाँचले देखायो । उनको लहरेखोकीको एन्टीबायोटिकबाट उपचार भैरहेको छ र भाँचिएको करङ जोड्नका लागि शल्यक्रिया नै गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij