२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

लगनखेल स्थित ओउजो क्याफे सञ्चालनमा, हाइजेनिक खाना उपलब्ध गराउन प्रतिबद्ध

लगनखेल स्थित ओउजो क्याफे सञ्चालनमा, हाइजेनिक खाना उपलब्ध गराउन प्रतिबद्ध

सञ्चालक विशाल  बस्नेत

ओउजो हस्पिटालिटी प्रा.लि. अन्तरगत सञ्चालनमा आएको आउजो क्याफे एण्ड रेष्टुरेन्ट नेपालमा सफा, स्वस्थकर खाना उपभोक्ताको पहुँचमा पुर्याउने उद्धेश्यले सञ्चालन गरिएको हो । नेपालमा राम्रो खानाको व्यवस्था अधिकांश ठाऊँमा उपलब्ध हुन नसकेको अवस्थालाई विचार गर्दैआफूले उक्त क्याफे सञ्चालनमा ल्याएको सञ्चालक विशाल  बस्नेतले बताए ।

लामो समय करिब ८ बर्ष अष्टेलिया बसेपश्चात् नेपालमा आएर व्यवसाय गर्ने बनाएको कारण अहिले नेपालमा हस्पिटालिटी क्षेत्रमा लगानी विस्तार गर्ने योजना बमोजिम उनी अघी बढेका छन् ।
मध्यम शुल्कमा फ्रेस खाना उपलब्ध गराउने योजना बमोजिम सञ्चालनमा आएको यस कम्पनीले हस्पिटालिटी सम्बन्धी अन्य क्षेत्रमा समेत शाखाहरु सञ्चालन गर्दै जाने योजना बमोजिम कम्पनीले आफ्ना गतिविधिहरु अघी बढाउनेछ ।

हाल ९ जना कर्मचारी संलग्न रहेको यस क्याफेमा आफूले अष्टे«लियामा रहँदा जुन गुणस्तरीयतायुक्त खाद्यान्न उपलब्ध छ, सोही गुणस्तर नेपालमा समेत उपलब्ध गराउने योजना बमोजिम काम गरिरहेको र यसको लागि केही विशेष क्षमतायुक्त कर्मचारी खटाएको साथै आफैंले समेत आवश्यक व्यावहारिक तालिमहरु उपलब्ध गराउने समेत उनले बताए ।

यस क्याफेमा उपलब्ध भएका खाना तथा खाजा सम्बन्धी आइटमहरु ग्राहकको चाहना बमोजिम होम डेलिभरीको लागि फुडमाण्डुसँग एग्रिमेन्ट समेत भइसकेको छ । करिब ५० लाख रकम लगानीमा सञ्चालित यस क्याफेको लगानी करिब ४ बर्षमा रिटर्न भइसक्ने अनुमान बस्नेतको छ ।

नेपालमा व्यावसायिक वातावरण राम्रो हुन सक्ने अनुमान सहित आफूले नेपालमा व्यवसाय विस्तार गरेका हुन् । अष्टे«लियामा रहँदा सिकेको सीप, अनुभव र कमाएको पैसाबाट व्यवसाय शुरु गरेका उनी नेपालमा कर तथा राजस्वको अलावा सम्बन्धित सेवाप्रदायकले उपलब्ध गराउने सेवाको गुणस्तरमा राज्य पक्ष नै त्यति सचेत नभएको र यसको प्रत्यक्ष प्रभाव सेवाग्राहीलाई पर्ने अवस्था रहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij