२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

लकडाउन १० दिन थपियो

लकडाउन १० दिन थपियो

काठमाडौँ – सरकारले लकडाउनको अवधि १० दिन थप्ने निर्णय आइतबार साँझ गरेको छ।

मन्त्रिपरिषद्को आइतबार साँझ बालुवाटारमा बसेको बैठकले लकडाउनको अवधि बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले देशसन्चारलाई जानकारी दिए। कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि  सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो।

त्यसयता सरकारले चौथोपटक लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो। नेपालमा हालसम्म ५२ जना कोरोना संक्रमित भेटिएका छन् भने १६ जना निको भएर फर्किईसकेका छन्।

यसअघि सरकारले जेठ २ गतेसम्म आन्तरिक तथा बाह्य हवाई उडान बन्द गर्ने निर्णय गरिसकेको छ। सरकारले पछिल्लोपटक १५ दिन लकडाउन लम्ब्याएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij