छविराज पोखरेल, प्रमुख कार्यकारी अधिकृत, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडअहिले सृजना भएको विषम परिस्थितिको कारण नेपालमा निर्माणाधिन अवस्थामा रहेका जलविद्युत आयोजनाहरुमा निकै नै अप्ठ्यारो स्थिति सृजना भएको छ । नेपालमा अहिलेको अवस्थामा केही ठूला राष्ट्रिय गौरवका आयोजना बाहेक अधिकांश आयोजनाको निर्माण कार्य बन्द छ । सबैजसो आयोजना जुन अवस्थामा थिए, त्यही अवस्थामा नै रोकिएका छन् ।
निर्माणको क्रममा अघी बढेका आयोजनाहरुमा निर्माण कार्य समयमा नसकिने निश्चित देखिएको छ । यसको अलावा आयोजनाहरुको लागत निकै नै बढ्ने अवस्था सृजना भएको छ । लकडाउन कहिले सम्म लम्बिने हो भन्ने कुराको समेत कुनै सुनिश्चितता नभएको कारण नेपालको पूर्वाधार निर्माण क्षेत्र अन्यौलमा छ ।

नेपालमा कतिपय ठूला र राष्ट्रिय गौरवका आयोजनाहरु विषम परिस्थिति बीच पनि सञ्चालनमा नै छन् । अहिले विगतको जस्तो सहज परिस्थिति नभएको कारण निकै कम जनशक्तिबाट काम गर्नुपर्ने अवस्था छ । साथै अहिलेको परिस्थितिमा आवश्यक सामानहरुको आपुर्ति कार्य समेत त्यति सहज नभएको कारण पहिले नै साइटमा उपलब्ध भएका सामानहरुमा नै निर्भर रहनुपर्ने अवस्था छ । निर्माण सामाग्रीहरु ओसारपसारमा खासै बाधा नभएपनि सहज रुपमा चाहेबमोजिम सामानहरु पाउन सक्ने अवस्था छैन ।
प्रयाप्त जनशक्ति र साधनस्रोतको समेत अभाव रहेको कारण नेपालमा सञ्चालनमा रहेका आयोजनाहरुको समेत कार्य प्रगति समेत अत्यन्तै सुस्त छ । जुन स्वभाविक पनि हो । यसको अलावा यस क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुले निकै नै जोखिम मोलेर व्यवसायमा खटिनुपर्ने अवस्था छ ।
निर्माणको क्रममा अघी बढेका आयोजनाहरुमा निर्माण कार्य समयमा नसकिने निश्चित देखिएको छ । यसको अलावा आयोजनाहरुको लागत निकै नै बढ्ने अवस्था सृजना भएको छ । लकडाउन कहिले सम्म लम्बिने हो भन्ने कुराको समेत कुनै सुनिश्चितता नभएको कारण नेपालको पूर्वाधार निर्माण क्षेत्र अन्यौलमा छ ।
राज्य आफैंमा समस्यामा छ । अहिले जुन परिस्थिति सृजना भएको छ, त्यो हाम्रो कल्पना भन्दा बाहिरको परिस्थिति हो । यस्तो परिस्थितिमा अवस्थालाई सामान्य बनाउँदै जोखिम नियन्त्रणको लागि सबै सचेत र जागरुक हुनु निकै जरुरी छ । हरेक गतिविधि सञ्चालनपूर्व हामीले विशेष सतर्कता अपनाउँदै हाम्रा गतिविधिहरु अघी बढाउनु जरुरी रहन्छ ।
साथै अहिलेको समयमा हामी सबको सम्पूर्ण ध्यान मुख्यतः प्रकोप नियन्त्रणमा नै केन्द्रित गर्नुपर्ने अवस्था छ । पूर्वाधार तथा निर्माण मुलुकको विकासको लागि अत्यावश्यक क्षेत्र हुँदाहुँदै पनि तत्कालको परिस्थितिमा आफ्नो सुरक्षा र स्वास्थ्यलाई ख्याल राख्नु नै महत्वपूर्ण विषय बनेको छ । सोही बमोजिम अहिले इन्जिनियरिङ क्षेत्रका जनशक्ति समेत प्रकोप तथा जोखिम न्यूनीकरणमा केन्द्रित हुनुपर्ने अवस्था छ । यद्यपि निर्माण तथा पूर्वाधार सम्बन्धी कामहरु गर्ने अवस्थामा पनि सरसफाई र सामाजिक दूरी कायम गर्नु विशेष महत्वपूर्ण हुने गर्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij