२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

र्‍यापिड टेस्ट गर्दा सनसिटी अपार्टमेन्टका तीन सयजनाको रिपोर्ट नेगेटिभ

र्‍यापिड टेस्ट गर्दा सनसिटी अपार्टमेन्टका तीन सयजनाको रिपोर्ट नेगेटिभ

काठमाडौं । राजधानीको पेप्सीकोलास्थित टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका तीन सयजनामा र्‍यापिड टेस्ट (आरडीटी) बाट कोरोना नेगेटिभ देखिएको छ।
बेलायतको लण्डनबाट आएका परिवार बस्‍ने अपार्टेमन्टको ब्लक ए का करिब ३ सयजनाको परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको हो।

बुधबार बिहान साढे नौ बजेबाट र्‍यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट ब्लक ‘ए’ का ३०० जनाको परीक्षण गरिएको हो ।

सनसिटी अपार्टमेन्टमा बस्ने एउटै परिवारका ८१ वर्षीया आमा र ५८ वर्षीया छोरामा संक्रमण पुष्टि भएपछि संक्रमण फैलन सकेको हुन सक्ने भन्दै परिक्षण शुरु गरीएको हो । स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिकहरूलाई प्राथमिकता दिएर तीन वटा टेबलबाट परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij