२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ

रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ

काठमाडौं।बिश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागी आधिकारिक बिक्रेता त्रिवेणी समुह अन्तर्गत अटोमोविल डिभीजनको “अल्फा अटोमोटिभ प्रा. लि.” नियुक्त भएको छ l त्रिवेणी समुहले उत्पादन, कृषी, ट्रेडिङ, बैंकिंङ, इन्स्योरेन्स, उर्जा, रिटेल, मनोरन्जन, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ l
अल्फा अटोमोटिभ प्रा. लि. ले रोयल इनफिल्डको दुई पांग्रे सवारी साधनबाट नेपाल भरी आफ्नो बजार विस्तार एबं सफल ब्यबस्थापन गर्ने रणनितीक लक्ष्य लिएको छ l
रोयल इनफिल्ड मोटरसाइकल नेपाली युवा पुस्तामाझ अधिक लोकप्रिय रही आएको छ l नेपाली बजारमा सबै पुस्ताले विश्वास गरेर रुचाइएको एक मात्र ब्राण्ड हो रोयल इनफिल्ड l
अल्फा अटोमोटिभ प्रा. लि. ले नेपाली बजारमा रोयल इनफिल्डका क्लासिक ३५०, इलेक्ट्रा, सिग्नल्स, मेटीयुर, हिमालयन, कन्टिनेन्टल जिटी र इन्टरसेप्टर लगायतका मोडलहरु बिक्रि वितरण गर्ने छ l

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij