काठमाडौं, माघ ८ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आज दावि विरोध गर्ने समय दिएको छ । आयोगले प्रकाशन गरेको नामावलीमा आज दावी विरोध तथा उजुरी गर्न सकिने प्रबक्ता नवराज ढकालले जानकारी दिए ।

दाबी विरोध तथा उजुरी सम्बन्धीत निर्वाचन अधिकृतको कार्यालयमा बेलुकी ५ बजेसम्म दिन सकिने छ । आज परेको दाबी विरोधमा छानविन गरी आयोगले भोली अन्तिम नामावली प्रकाशन गर्नेछ ।
आयोगले हिजो २ हजार ५६ जना मतदाताको नामावली प्रकाशन गरेको छ । राष्ट्रियसभा सदस्यका लागि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १ हजार ५ सय ६ र सात वटा प्रदेशबाट प्रदेशसभा सदस्यमा निर्वाचित ५ सय ५० जना गरी २ हजार ५६ जना मतदाताको नामावली प्रकाशन गरिएको छ ।
यसैबीच, निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि एकल संक्रमणिय प्रणालीका विषयमा दलहरुसंग छलफल गर्ने तयारी गरेको छ । आज निर्वाचनका लागि आश्यवक कम्प्युटर अपरेटरलाई तालिम दिइने र भोलि राष्ट्रियसभाको निर्वाचनमा भाग लिन दर्ता गरेका प्रत्येक दलबाट एक एक जना प्रतिनिधीलाई बोलाएर आयोगको केन्द्रिय कार्यालयमा एकल संक्रमणिय प्रणालीबारे छलफल गर्ने आयोगको तयारी रहेको प्रबक्ता ढकालले बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij