
काठमाडौं– नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)ले यसपटकको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ जेठ १५ गतेदेखि सुरु गर्ने भएको छ।
हरेक वर्ष वैशाख २ गतेदेखि सुरु हुने उक्त प्रदर्शनी यस वर्षदेखि जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर सुरुआत गर्न लागिएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले जानकारी दिए। उनका अनुसार यसरी जेठ १५ देखि प्रदर्शनी सुरु गर्ने यो पहिलो अभ्यास हुनेछ। उक्त प्रदर्शनीको तयारी तीव्र रुपमा अघि बढेको छ।
‘गणतन्त्र दिवस नेपालीको ठूलो उत्सव हो, त्यसैले हामीले प्रदर्शनीलाई त्यही उत्सवको अवसर पारेर सुरुआत गर्न लागेका हौं, यो प्रतिष्ठानका लागि पहिलो अभ्यास हो’, काफ्लले भने।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij