राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) द्धारा आगामी २०७५ साल बैसाख १३ गते फोटो पत्रकारिता दिवसको अवसरमा आयोजित ‘ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४’ दोस्रो चरणको डेलीलाइफ फोटोपत्रकारिता विधातर्फ नेपाल टेलिकमले प्रायोजन गर्ने भएको छ ।
उक्त अवार्डको लागि आज नेपाल टेलिकमका कमर्सियल डेपुटी म्यानेजर ईश्वरचन्द्र रिमाल र कार्यक्रम संयोजक प्रदीपराज वन्त बीच सम्झौता पत्रका हस्ताक्षर भएको छ ।
नेपाल अधिराज्यभर डेली लाइफ विधामा फोटोपत्रकारीता गर्नेहरु मध्येबाट एक जना सक्रिय फोटो पत्रकारलाईे यो पुरस्कार प्रदान गरिने छ । पुरस्कारको राशी २५ हजार नगद, ट्रफी र सम्मानपत्र रहेको छ ।
उक्त अवार्ड काठमाडौंको नेपाल आर्मी क्लवको हलमा विषेश कार्यक्रम गरि वितरण गरिनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij