२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

राष्ट्रपतिले सरकार गठनको लागि आह्वान गर्ने तयारी

राष्ट्रपतिले सरकार गठनको लागि आह्वान गर्ने तयारी

 

काठमाडौँ-राष्ट्रिय निर्वाचन आयोगले निर्वाचनको परिणाम बुझाएसँगै राष्ट्रपति सरकार गठनको लागि आह्वान गर्ने तयारीमा लाग्नुभएको छ।

राष्ट्रिय निर्वाचन आयोगले अन्तिम परिणाम बुझाएको ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम राष्ट्रपतिले सरकार गठनको लागि आह्वान गर्ने तयारी गर्नुभएको हो।

‘निर्वाचन आयोगले चुनावी नतिजाको प्रतिवेदन बुझाइसकेकाले राष्ट्रपतिज्यू सरकार गठनमा ढिलाई गर्ने पक्षमा नभएको राष्ट्रपतिका सञ्चार सल्लाहकार टीका ढकालले बताउनुभयो।

नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij