प्रस्तुत छ राप्रपा उम्मेदवार डम्बरबहादुर सुवेदीसँग गरिएको कुराकानी:
तपाई राप्रपाको तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा म्याग्दी जिल्लाबाट उम्मेदवार बन्नुभएको छ, कस्तो लागिरहेको छ ?
देशको बेग्लै धारको नेतृत्व गरिरहेको बेग्लै परिचय बोकेको पार्टी राप्रपाबाट प्रतिनिधिसभा सदस्य पदमा म्याग्दी जिल्लाबाट उम्मेदवार बन्न पाउदा म गौरवाङ्गित हर्षित र उत्साहित भएको छु । संवैधानिक राजसंस्था र हिन्दु राज्यको पक्षमा राप्रपा अनवरत रुपमा लागि रहेको छ, संघर्ष गरिरहेको छ । म यहि एजेण्डालाई सफल पार्न चुनावी मैदानमा उत्रिएको हुँ । विगतमा जे भयो भयो, यस पटक यो राप्रपाले जित्ने क्षेत्रका रुपमा स्थानीय बासिन्दाले मुल्याङ्कन गर्नु भएको छ । यस क्षेत्रमा मेरो बेग्लै परिचय पनि छ । विद्यार्थी राजनीति पनि यही गरे, समाजसेवा पनि यही गरे, व्यवसाय पनि यही गर्दैछु । अब चुनाव पनि यहीबाट उठेको छु । आगामी दिनमा पनि यहिका जनताको सेवा गर्नेछु । मलाई स्थानीय जनताले तपाई हाम्रो तर्फबाट यस पटक चुनाव उठिदिनुप¥यो, जित्नु प¥यो भनेको कुरा समस्त सबैलाई स्मरण गराउन चाहन्छु । म राप्रपामा भएपनि सबै जनतालाई समान व्यवहार गर्दै आएको छु । सरसर्ती भन्नु पर्दा हिन्दु राज्य र संवैधानिक राजसंस्थाको पक्षमा जनमत बढ्दै गएको छ । त्यसैले मैले यहाँ जित्ने आधार रहेको छ । म जितेपछि पनि सबै मतदाताको मतलाई सधै सम्मान गरेर अघि बढ्नेछु ।
राप्रपा जन्मजात भ्रष्टाचार विरोधी पार्टी हो । देशबाट भ्रष्टाचार निवारण गर्न राप्रपाले जित्नै पर्छ । हाम्रो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘घुस खानु भनेको आमाको रगत खानु सरह हो’ भन्नु भएको छ । यहि आदर्शका कारण हाम्रो मत बढ्दै छ । हामी जित्दै छौं । हामी स्पष्ट रुपमा राजावादी र हिन्दुवादी भएकाले हामीलाई नै हिन्दुवादी र राजावादीले जिताउँदै हुन । यस पटकको निर्वाचनमा भ्रष्टाचार विरोधीले जित्दैछौ, यस पटक विकासवादीले जित्दैछौ ।
यस क्षेत्रका राप्रपाको सङ्गठन कस्तो छ ?
राप्रपा आफैमा विशाल सङ्गठन भएको पार्टी हो । जिल्ला देखि वडा तहसम्मै हाम्रो सङ्गठन छ । राप्रपालाई होच्चाउनलाई यस जिल्लामा राप्रपाको सङ्गठन खस्केको भन्ने होलान । तर राप्रपाको एजेण्डामा, राप्रपा पार्टीमा मत सत प्रतिशत बढ्दै गएको छ । जनताले यस पटक डम्बर बहादुर सुवेदीलाई जिताउछु भनिरहेका अवस्था छ । म्याग्दीमा मात्र हैन यस पटक देशै भर राप्रपाको पक्षमा लहर छ । राप्रपा विकासवादी पार्टी हो । अब यो पार्टीलाई जिताउने बेला आएको छ । अहिले हामीलाई नजिताए कहिले जिताउने ? म आम मतदातालाई भन्न चाहान्छु, तपाईहरुको विश्वासको मत यस पटक मलाई चाहियो, राप्रपालाई चाहियो । हामी हाम्रो एजेण्डामा मत मागिरहेका छौं ।
जनताले राप्रपालाई नै किन जिताउने ?
राप्रपा जन्मजात भ्रष्टाचार विरोधी पार्टी हो । देशबाट भ्रष्टाचार निवारण गर्न राप्रपाले जित्नै पर्छ । हाम्रो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘घुस खानु भनेको आमाको रगत खानु सरह हो’ भन्नु भएको छ । यहि आदर्शका कारण हाम्रो मत बढ्दै छ । हामी जित्दै छौं । हामी स्पष्ट रुपमा राजावादी र हिन्दुवादी भएकाले हामीलाई नै हिन्दुवादी र राजावादीले जिताउँदै हुन । यस पटकको निर्वाचनमा भ्रष्टाचार विरोधीले जित्दैछौ, यस पटक विकासवादीले जित्दैछौ । यस पटक राजसंस्थावादीले जित्दैछौं । यस पटक हिन्दुवादीले जित्दैछौ । हाम्रो एजेण्डा स्पष्ट छ, हामी वर्तमान व्यवस्थामा फेरवदल चाहान्छौं । संवैधानिक राजसंस्था र हिन्दुराज्य स्थापना गर्नु हाम्रो ‘वटम लाइन’ हो । निर्वाचनलाई पनि हाम्रो एजेण्डा स्थापित गर्ने आन्दोलनको रुपमा लिइरहेका छौ । संसदबाटै हिन्दु राज्य र संवैधानिक राजसंस्था स्थापित हुनेछ भन्ने विश्वास लिएका छौं ।

यस पटकको निर्वाचनमा राप्रपाको कस्तो अवस्था रहला ?
हामी पहिलो दोस्रो पार्टी हुने उद्देश्यका साथ चुनावी मैदानमा छौ । हलो प्रति जनताको अगाध आस्था र विश्वास छ । अब हामीले नजिते कहिले जित्ने ? यहि निर्वाचनबाटै हाम्रा एजेण्डा स्थापित हुनेछ ।
राजावादी र हिन्दुवादीको पुरै मत राप्रपालाई आउला नि ?
अवस्य आउछ, राजावादी र हिन्दुवादीको पुरै मत राप्रपालाई आउनेमा हामीले विश्वास लिएका हौं । हाम्रो पहिलो भरोसा हिन्दु नै हुन् । यो देशमा ९० प्रतिशत भन्दा बढी हिन्दु छन् । त्यसैले हामीलाई हिन्दुहरुको साथ, सहयोग र माया चाहिएको छ । यहि बेला हिन्दुधर्म मान्ने र राजसंस्था मान्नले शक्ति प्रदर्शन गर्नु पर्छ ।
अन्तमा तपाईको मतदातालाई सन्देश दिनुस् न ?
यस पटक विकासवादीलाई रोजिदिनु होला, हिन्दुवादीलाई रोजिदिनु होला । राजावादीलाई रोजिदिनु होला । म्याग्दी जिल्लामा पनि हाम्रो एजेण्डाको अनुमोदन हुनेछु भन्ने विश्वास लिएको छु । मलाई सबै मतदाताले अमुल्य मत दिएर साथ र सहयोग गरिदिनु होला । यो मौका छ, अवसर छ, राप्रपालाई जिताउनु होला ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij