काठमाडौं– पुरातात्विक सम्पदा सूचीमा रहेको रानीपोखरीको पुनर्निर्माणको विषयलाई लिएर काठमाडौ महानगरपालिकाका मेयर र उपमेयरबीच जुहारी चलेको छ । पुनर्निर्माणका क्रममा रानीपोखरीमा क्रंक्रिट राख्ने वा नराख्ने भन्नेमा विवाद भएपछि मंगलबार मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच ताला लगाउने र तोड्ने प्रतिश्पर्धा नै भयो ।
२०७२ बैशाख १२ को भुकम्पले ध्वस्त बनेको रानीपोखरी काठमाडौ महानगरपालिकाको अगुवाइमा पुननिर्माण सुरु भएको हो । तर, यसमा मेयर शाक्यले उपमेयर खडगीसँग कुनै छलफल नै नगरी पुननिर्माण सुरु गरेको भन्दै उपमेयर खड्गीले असनतुष्टि जनाउदै आएकी थिइन् ।
यसैक्रममा क्रममा मंगलबार पुननिर्माणको अवलोकन गर्न पुगेकी उपमेयर खड्गीले रानीपोखरीमा क्रंक्रिट राख्दा त्यसको महत्व घट्ने र यसमा पुरातत्वविदहरुले समेत विरोध गरेकाले काम बन्द गर्न निर्देशन दिदै रानीपोखरीको गेटमा ताला लगाएकी थिइन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij