काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र प्राकृतिक विपत्तीको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरु उठ्नु स्वाभाविक भएको बताएका छन् । तर जुनसुकै राजनीतिक दलभित्र पनि बहस र विवाद हुने भन्दै त्यसलाई निष्कर्षमा पु-याउने दायित्व पनि सम्बन्धित राजनीतिक दल र नेताहरुकै भएको ओलीले शुक्रबार साँझ देशबासीको नाममा गरेको सम्बोधनमा उल्लेख गरेका छन् ।
‘पार्टीभित्र हुनेयस्ता छलफल, बहस र विमतिहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन् । यस्ता विषयहरु सम्बन्धित दल र तिनका नेताहरुले आपसी छलफलबाटै सुल्झाउने छन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ’, ओलीले भनेका छन् ।
अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको हुन सक्ने भन्दै ओलीले नेपालीहरुका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न आफ्नो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुने ओलीले विश्वास दिलाएका छन् ।
ओलीले केही दिन यता देशका विभिन्न भागमा अविरल बर्षाका कारण आएको बाढी र पहिरोले पु¥याएको क्षतिको जानकारीले आफूलाई स्तब्ध र दुःखित तुल्याएको बताएका छन् । यस्तै कोरोनाभाइरस रोकथाम र नियन्त्रणमा सरकार निरन्तर लागिरहेको पनि ओलीले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको पूर्णपाठ
२६ असार २०७७
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij