२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

राजधानीमै लुटपाट मच्चिनुले निजी क्षेत्रलाइ हताेत्साहित बनाएकाे सुमार्गीकाे टीप्पणी

राजधानीमै लुटपाट मच्चिनुले निजी क्षेत्रलाइ हताेत्साहित बनाएकाे सुमार्गीकाे टीप्पणी

काठमाडाैं । विगत केही दिन पहिले मात्रै राजधानीस्थित व्यस्त क्षेत्रकाे बालाजु नयाँबसपार्कमा रहेको लोत्से मलमा भएको लुटपाट र अपराधिक प्रवृतीको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले घोर भत्सर्ना गरेका छन् ।

सरकारकाे सुरक्षा प्रणाली कति बलियाे रहेछ भन्ने कुरालाइ समेत उक्त घटनाले प्रष्ट पारेकाे उद्यमी सुमार्गीले टीप्पणी गरेका छन् ।

कृषि उद्यम केन्द्रका अध्यक्ष समेत रहेका सुमार्गी नेपालमा व्यावसायिक वातावरण सहज नरहेकाे दावी गर्छन् ।

मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्नु र नेपाली युवाहरूलाइ कामकाे लागि विदेशिने संस्कारकाे विकल्प दिन नसक्नुमा राज्य पक्षका नीतिगत व्यवधान दाेषी रहेकाे सुमार्गी बताउँछन् ।

व्यावसायिक वातावरणलाइ सहज नबनाइ झन्झटिला प्रावधानकाे कारण र राज्यकाे व्यावसायिक क्षेत्र प्रतिकाे भूमिका न्यून रहनुले व्यवसायी उत्साहित हुन नसकी हताेत्साहित हुनुपर्ने स्थिति रहेकाे समेत तर्क गर्छन् ।

सुमार्गी कृषिप्रधान नेपालमा कृषिलाइ व्यावसायिकरण र  अाैद्याेगिकिरण गर्दै अात्मनिर्भर अर्थतन्त्र निर्माणकाे लागि कृषि क्षेत्रलाइ विशेष प्राथमिकता दिनुपर्ने र यस क्षेत्रमा युवाहरूलाइ अाकर्षित गर्न उपयुक्त विधिहरू अबलम्बन गर्नुपर्नेमा जाेड दिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij