२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

राइड सेयरिङ र लाइसेन्सको ट्रायल परीक्षालाई व्यवस्थित गर्नेछुः मन्त्री श्रेष्ठ

राइड सेयरिङ र लाइसेन्सको ट्रायल परीक्षालाई व्यवस्थित गर्नेछुः मन्त्री श्रेष्ठ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले राइड सेयरिङ प्ल्याटफर्ममा रहेका निजी सवारी साधनलाई आवश्यक कानुनी प्रावधान ल्याएर व्यवस्थित गर्ने बताएका छन् । बुधबार अटो पत्रकार सङ्घ (जाम) सँग छलफल गर्दै मन्त्री श्रेष्ठले पठाओ, टुटल जस्ता राइड सेयरिङलाई पनि कानुन बनाएर आफूले व्यवस्थित गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।

सोही क्रममा मन्त्री श्रेष्ठले कानुनी व्यवस्था समेत भएर कार्यान्वयनमा गइसकेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल परीक्षाको ७० अङ्कको व्यवस्था बागमती प्रदेशमा तत्काल कार्यान्वयनको व्यवस्था गरिने बताए । ‘अन्य सबै प्रदेशहरूमा लाइसेन्सको ट्रायल परीक्षामा ७० अङ्कको व्यवस्था कार्यान्वयन भइसकेको छ । तर, बागमतीमा मात्र किन हुन सकिरहेको छैन भने मैले केही दिन अघि मात्र प्रदेश मुख्यमन्त्रीसँग कुरा गरेको थिए । कुनै पनि परीक्षामा सय पूर्णाङ्कमा सय नै ल्याउनुपर्ने भन्ने पनि कतै हुन्छ र ? यस विषयमा थप एक्सनमा जान्छु,’ श्रेष्ठले जामसँगको भेटमा भने ।

सोही क्रममा अटो पत्रकार सङ्घ (जाम) ले मन्त्री श्रेष्ठलाई सडक पूर्वाधार, सडक सुरक्षा, विद्युतीय सवारी साधनको प्रयोग, सडक बत्तीसँगै ट्राफिक व्यवस्थापन लगायतका दर्जनौँ मुद्दामा लिखित सुझाव दिएको छ । संघका अध्यक्ष उज्ज्वल जंग शाहको नेतृत्वमा गएको जामको टिमले मन्त्री श्रेष्ठसँग भौतिक पूर्वाधारसँगै यातायात र सडक मोविलिटी क्षेत्रको सुधारको अपेक्षा गरेको छ ।

छलफलमा जामका महासचिव सागर गजुरेलसहित केन्द्रीय समिति पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij