२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

बाबुराम भट्रटराइ

रविको पक्षमा बाबुरामले गरे हस्ताक्षर

रविको पक्षमा बाबुरामले गरे हस्ताक्षर

‘नयाँ शक्तिहरूको भ्रूण हत्या गर्न खोजिएकाे प्रतिक्रिया

  • शनिबार, असार १४ २०८२

 

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा शनिबार आयोजित हस्ताक्षर अभियानका क्रममा पुगेर हस्ताक्षर गर्दै उनले ऐक्यबद्धता जनाएका हुन् । हस्ताक्षरपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. भट्टराईले रवि लामिछानेमाथि भइरहेको व्यवहारलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिए। उनले पुराना शक्तिहरूले नयाँ र वैकल्पिक शक्तिहरूको ‘भ्रूण हत्या’ गर्न खोजेको आरोप लगाए।

उनले भने – ‘अंग्रेजीमा एउटा भनाइ छ- तपाईं असल भएर मात्र हुँदैन, असल देखिनु पनि पर्छ। लोकतन्त्र भनेको विधिको शासन हो, तर रवि लामिछानेजीको हकमा महिनौंदेखि एकपछि अर्को मुद्दामा हिरासतमा राख्ने र जनप्रतिनिधिको कर्तव्य पूरा गर्न नदिने जुन काम भइरहेको छ, यसले विधिको शासनभन्दा पनि कुनै अर्कै नियतले काम गरेजस्तो देखिन्छ,’ भट्टराईले भने।

उनले महाभारतको प्रसंग जोड्दै थपे, ‘कृष्णको जन्म हुँदैछ र उसले आफ्नो मृत्यु गराउँछ भन्ने थाहा पाएर कंसले बहिनीको गर्भबाट नजन्मिँदै कृष्णलाई मार्न खोजे जस्तै, पुराना शक्तिहरूले नयाँ उदयमान शक्तिहरूलाई त्यसैगरी भ्रूण हत्या गर्न खोज्छन्।’

डा. भट्टराईले अदालतले दोषी प्रमाणित नगरेसम्म कोही पनि निर्दोष हुने सिद्धान्तको स्मरण गराउँदै अहिलेको घटनाक्रमले राजनीतिक प्रतिशोधको गन्ध आएको र त्यो ठीक नभएको बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij