२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

‘यो कार्यकाल भाषण होइन् हरेक दिन देश र विकासको पक्षमा काम गर्ने प्रतिज्ञा गरेको छु’-प्रधानमन्त्री ‘प्रचण्ड’

‘यो कार्यकाल भाषण होइन् हरेक दिन देश र विकासको पक्षमा काम गर्ने प्रतिज्ञा गरेको छु’-प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस पटकको कार्यकालमा आफू भाषणभन्दा पनि काम बढी गर्ने पक्षमा रहेको बताएका छन्।

शनिबार चितवनको नारायणी नमुना माध्यामिक विद्यालयको हिरक महोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

आफ्नो बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गर्ने उनको भनाइ थियो। ‘मैले बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गर्ने भनेर भनेको छु। म अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन। यो कार्यकाल भाषण कम, काम धेरै र जनताको सेवा धेरै गर्ने मैले प्रतिज्ञा गरेको छु,’ उनले भने।

साथै उनले जनतालाई मर्कामा पार्ने कुनै पनि निर्णयविरुद्ध कठोर कदम चाल्ने चेतावनी दिए। प्रधानमन्त्री प्रचण्डले भने, ‘जनतालाई पीर मर्कामा पार्ने कुनै पनि निर्णयमाथि मैले कठोर कदम चलाएर जनता र राष्ट्रको पक्षमा नै जाने संकल्प लिएको छु।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij